

धादिङ,३० फागुन ।
धादिङवेशीमा रहेको निलकण्ठ बहुमुखी क्याम्पसमा नेवि संघले एकलौटी गरेको भन्दै तीन विद्यार्थी संगठनले तालाबन्दी गरेका छन् ।
स्ववियु निर्वाचनको सन्दर्भमा प्रत्यक्ष उम्मेदवार भएका व्यक्ति स्वावियु समानुपातिक लिष्टमा समेत नाम राखेर नेवि संघले मिलेमतो गरेको भन्दै मंगलबार अनेरास्वावियु, अनेरास्ववियु (क्रान्तिकारी) र राप्रविसंघले प्रेस विज्ञप्ति प्रकाशन गरी क्याम्पसमा तालाबन्दी गरेको हो ।
प्रत्यक्षमा स्वतन्त्र उम्मेदवार दिएका उत्तम सिलवाल, शर्मिला अर्याल, र जीवन गिरिले उम्मेदवारी फिर्ता लिने समयमा फिर्ता नलिएको भएपनि नेविसंघसंग मिलेर समानुपातिकमा उनिहरुको नाम राखेको आरोप अनेरास्ववियुका अध्यक्ष उम्मेदवार अमोस थापा तामाङले बताउनुभयो ।
एकपक्षिय व्यवहार गरेकोले तीन विद्यार्थी संगठनले क्याम्पस स्ववियु निर्वाचन स्थगित गर्न समेत माग गरेको छ । निर्वाचन सम्बन्धि काम गर्दा आफुहरुलाई नबोलाई नेविसंघ र क्याम्पस प्रशासन मात्र बसेर उम्मेदवार हेरफेर गरेको विद्यार्थी संगठनहरुको आरोप छ ।
निर्वाचन आचारसंहिता तथा निर्वाचन कानुन विपरित बन्द सूचिमा भएको नामबारे थाहा नभएको बताउँदै समस्या वार्ताको माध्यमबाट समाधान गरिने क्याम्पस निर्वाचन संयोजक बद्री कोईरालाले बताउनुभयो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |