

धादिङ,०१ चैत ।
आज विश्व उपभोक्ता अधिकार दिवस धादिङसहित देशैभर विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
जिल्ला प्रशासन कार्यालय धादिङको आयोजना तथा घरेलु तथा साना उद्योग कार्यलय,उद्योग बाणिज्य संघ, उपभोक्ता हित संरक्षण मञ्च र पत्रकार महासंघ धादिङको सहआयोजनामा प्रभातफेरी निकालिएको छ ।
उपभोक्तामा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले धादिङबेसी सिरानबजारबाट सुरु भएको प्रभातफेरी बिचबजार, शान्तबजार हुदैँ पुछारबजारमा पुगेर कोणसभामा परिणत भएको थियो ।
धादिङका सहायक प्रमुख जिल्ला अधिकारी रामहरी शर्माको अध्यक्ष्यतामा भएको कार्यक्रममा नीलकण्ठ नगरपालिकाका उपप्रमुख दिपक विश्वकर्माको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बिभिन्न संघसस्थाका प्रमुख एवम प्रतिनिधि,प्रहरी लगाएतको सहभागिता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै नगरपालिकाका उपप्रमुख विश्वकर्माले बजार अनुगमनलाई थप प्रभावकारी तरिकाले अगाडी बढाउन आग्रह गर्नुभयो ।
उहाँले सेवा दिने निकाय, उद्यमी, व्यवसायीलगायत सबै सरोकारवालाले उपभोक्ताको अधिकारको संरक्षण र सम्मान हुने गरी काम गर्न समेत आग्रह गर्नुभयो । यस्तै कार्यक्रममा आफ्नो भनाई राख्दै सहायक प्रमुख जिल्ला अधिकारी शर्माले बजार अनुगमनको कार्यलाई निरन्तर अगाडि बढाउने बताउनुभयो ।
हरेक वर्ष मार्च १५ मा उपभेक्ता अधिकार दिवस मनाउने गरिए पनि उपभोक्ता भने अधिकारबाट बञ्चित छन् ।
नेपालको संविधानको धारा ४४ मा हरेक उपभोक्तालाई गुणस्तरीय वस्तु र सेवा पाउने हक हुनेछ र गुणस्तरहीन वस्तु वा सेवाबाट कसैलाई हानि पुगेमा क्षतिपूर्ति पाउने हक हुने व्यवस्था छ ।
वस्तु वा सेवा बजार स्वच्छ, प्रतिस्पर्धात्मक हुने र उपभोक्ता हित संरक्षण गर्ने राज्यको नीति छ ।त्यस्तै उपभोक्ता संरक्षण ऐन, २०७५ र नियमावलीमा हरेक उपभोक्तालाई पहुँचको अधिकार, छनोटको अधिकार, सूचना र जानकारीको अधिकारलगाएत प्रत्याभूत गरिएको छ । तर, कानुनमा स्पष्ट व्यवस्था रहेको उपभोक्ता अधिकार र क्षतिपूर्तिको कार्यान्वयन भने फितलो छ ।
बजार, यातायात, विद्युत्, खानेपानी, बैङ्क तथा वित्तीय संस्था, खाद्यान्नलगायत वस्तु तथा सेवा लिने क्रममा ठगी बढ्दो छ ।तीन तहका सरकार तथा वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागबाट बजारको व्यवस्थापन, अनुगमन र नियमन हुने भए पनि सक्रियता देखिदैन ।
सन् १९६२ को मार्च १५ का दिन अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले उपभोक्ताका हित रक्षा नगरी अर्थतन्त्र बलियो हुँदैन र बजारमा उपभोक्ता सार्वभौम हुन सक्दैनन् भन्दै ‘बिल अफ राइट’ को घोषणा गर्नुभएको थियो ।
त्यसैको सम्झनामा मार्च १५ तारिखमा विश्वभर उपभोक्ता अधिकार दिवस मनाउने गरिएको छ । सन् २०१७ देखि संयुक्त राष्ट्र सङ्घले आफ्ना सदस्य देशलाई मार्च १३ देखि १७ तारिखसम्म विश्व उपभोक्ता अधिकार दिवस सप्ताहव्यापी रुपमा मनाउन आह्वान गर्दै आएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |