

धादिङ,०२ चैत ।
अखिल नेपाल किसान महासंघ धादिङले मलको मुल्यवृद्धि खारेज गर्न माग गरेको छ ।
महासंघ धादिङले मलमा गरिएको मुल्य वृद्धिको विरोध गर्दै बढेको मुल्य तत्काल खारेज हुनुपर्ने माग राख्दै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।
बिहिबार अखिल नेपाल किसान महासंघ धादिङका अध्यक्ष कमल गुरुङको नेतृत्वमा गएको टोलिले प्रमुख जिल्ला अधिकारी रमेश ढकाललाई ज्ञापन पत्र बुझाएका हुन् । बाली लगाउने बेलासम्म मलको अभाव व्यहोर्दै आएका कृषकलाई मुल्यवृद्धिले झनै मारमा परेको र सरकारले किसानहरुलाई निरुत्साहित गरेको ज्ञापन पत्रमा भनिएको छ ।
किसान महासंघ धादिङले मुल्य कम नगरे देशभरका किसानहरु सडकमा उत्रने चेतावनी दिएको छ । सोमवार प्रचण्ड नेतृत्वको सरकारले मलमा दिइएको अनुदान घटाएर मुल्य समेत वृद्धि गरेको थियो ।
सरकारले मलको अनुदान घटाएसँगै कृषकले यसअघि खरिद गर्दै आएको मूल्य पनि बढ्ने भएको छ । अनुदान कटौतीपछि आयात बिन्दुमा युरिया प्रतिकिलो रू २५, डिएपी प्रतिकिलो रू ५० र पोटास प्रतिकिलो रू ४० मा बिक्री वितरण हुनेछ । यसअघि आयात बिन्दुमा युरिया प्रतिकिलो रू १४, डिएपी प्रतिकिलो रू ४३ र पोटास प्रतिकिलो रू ३१ मा बिक्री वितरण भइरहेको थियो ।
साबिकभन्दा अब युरिया प्रतिकिलो रू ११, डिएपी प्रतिकिलो रू सात र पोटास प्रतिकिलो रू नौ महँगो पर्ने भएको छ । सरकारले यसअघि युरियामा ८० प्रतिशत, डिएपीमा ६० प्रतिशत र पोटासमा ५९ प्रतिशत अनुदान दिइरहेको थियो ।
तर अब युरियामा ६४ दशमलव ४९, डीएपीमा ५२ दशमलव ३८ र पोटासमा ४६ दशमलव ०९ प्रतिशत मात्रै अनुदान दिइनेछ। नेपालका लागि वार्षिक पाँच लाख २० हजार मेट्रिक टन रासायनिक मल आवस्यक पर्छ । मलमा कृषकलाई अनुदान उपलब्ध गराउन चालु आर्थिक वर्ष २०७९÷८० को बजेटमा रू १५ अर्ब ६ लाख छुट्याइएको थियो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |