

धादिङ,०३ चैत।
दोस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिताका लागि धादिङ जिल्लास्तरीय खेलाडी छनौट गरिने भएको छ ।
धादिङ जिल्ला खेलकुद विकास समिति बागमती प्रदेशको आयोजनामा हुने बागमती प्रदेश खेलकुद प्रतियोगिता २०७९ का लागि धादिङ जिल्लास्तरीय खेलाडी छनोट प्रतियोगिता हुन लागेको हो ।
खेलकुद विकास समितिले शुक्रबार एक सूचना जारी गर्दै जिल्लाका खेलाडीहरु, खेल संघ, प्रशिक्षक तथा सम्बन्धित सबैलाई चैत १६ गतेभित्र खेलाडी दर्ता फाराम भर्न आग्रह गरेको छ ।
प्रतियोगिताको लागि महिला÷पुरुष दुबैतर्फ बिभिन्न ९ बिधामा खेलाडी छनोट गरिने छ । जसमा भलिबल, तेक्वान्दो, एथ्लेटिक्स, कँराते, आईटिएफ तेक्वान्दो, ब्याडमिन्टन, बक्सिङ, क्रिकेट र फुटबल रहेको छ ।
खेलाडी दर्ता फाराम भर्न सम्बन्धित जिल्लामा स्थायीबसोबास भएको नागरिकता प्रमाणपत्रको प्रतिलिपि,बसाईसराईको प्रतिलिपि,पासपोर्ट साईजको रंगिन फोटो २ प्रति र बाहिरी जिल्लाबाट अस्थायी बसोबास गरी नियमित रुपमा प्रशिक्षण तथा प्रतियोगितामा सहभागी जनाउदै आएको भए अस्थायी बसोबास गरेको स्थानिय निकायको सिफारिस आवश्यक पर्ने सूचनामा भनिएको छ ।
खेलाडी दर्ता फारामभरी चैत १६ गतेसम्म कार्यालयमा बुझाईसक्नुपर्ने र तोकिएको समय भित्र फाराम नभरेका खेलाडीलाईलाई छनौट प्रतियोगितामा सहभागि नगराईने पनि सूचनामा उल्लेख गरिएको छ।
जिल्लास्तरीय खेलाडी छनोट प्रतियोगिताको मिति भने बैठक बसेर टुङ्गो लगाईने धादिङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रताप सिं तामाङले जानकारी दिनुभयो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |