

धादिङ,०६ चैत ।
धादिङमा स्ववियु निर्वाचन अन्तरगत ५ वटा क्याम्पसमा अखिल(क्रान्तिकारी) र १ वटा क्याम्पस अखिल विजयी भएको छ ।
धादिङमा रहेका ९ वटा क्याम्पसहरु मध्ये ६ वटामा भएको स्वतन्त्र विद्याथी युनियन (स्ववियु) को निर्वाचनमा ५ वटा क्याम्पसमा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियु(क्रान्तिकारी)विजयी भएको छ भने १ क्याम्पसमा नेकपा एमाले निकट अनेरास्ववियु विजयी भएको छ।
अखिल(क्रान्तिकारी)ले बेनीघाट रोराङ गाउँपालिका स्थित बिशालटारको चन्द्रोदय बहुमुखी क्याम्पस, मलेखुमा रहेको जय बागेश्वरी क्याम्पस, गजुरीमा रहेको आदर्श बहुमुखी क्याम्पस र धुनीबेसी नगरपालिका स्थित खानिखोलामा रहेको मछिन्द्र बहुमुखी क्याम्पसमा जित हासिल गरेको छ ।
साथै त्रिपुरासुन्दरी गाउँपालिकाको खहरेमा रहेको नेत्रावती सामुदायीक क्याम्पस भने सबै संगठनहरुले भागबन्डा गरि सभापतिमा क्रान्तिकारीलाई नै समर्थन गरेको छ।
चन्द्रोदय र जय बागेश्वरीमा नेपाली कांग्रेस निकट नेविसंघ र नेकपा एमाले निकट अनेरास्ववियुबीच तालमेल भएको थियो । त्यसै गरी धुनीबेसी नगरपालिका स्थित खानीखोलामा रहेको मछिन्द्रमा भने अनेरास्ववियु र क्रान्तिकारीबीच तालमेल भएको थियो ।
यसैगरी एमाले निकट अनेरास्ववियुले गल्छी गाउँपालिका स्थित बैरेनीमा रहेको नमुना बागेश्वरीमा विजयी हासिल गरेको छ । बागेश्वरीमा एमाले निकट अनेरास्ववियुले नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूसँग तालमेल गरेको थियो ।
यता नेपाली कांग्रेस निकटको नेविसंघले भने खाता खोल्न सकेको छैन ।धादिङमा अब नीलकण्ठ बहुमुखी क्याम्पसमा निर्वाचन हुन बाँकी रहेको छ ।
चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) निर्वाचनको लागि क्याम्पसमा दर्ता भएका सबै विद्यार्थी संगठनहरुको सहमति तथा क्याम्पस सञ्चालक समितिको अनुमतीमा निर्वाचनको मिति चैत ८ गतेका लागि सारिएको छ ।
उक्त क्याम्पसमा निर्वाचन प्रक्रियामा आपत्ति जनाउदै अनेरास्ववियु, अनेरास्ववियू (क्रान्तिकारी) र प्रजातान्त्रिक विद्यार्थी संगठनले क्याम्पसमा २ पटकसम्म तालाबन्दी गरेका थिए ।
नीलकण्ठको स्ववियु सभापतिमा नेवि संघबाट कविराज श्रेष्ठ, अनेरास्ववियुबाट आमोस थापा तामाङ, अनेरास्ववियू (क्रान्तिकारी) बाट श्रीकृष्ण रिजाल, प्रजातान्त्रिक विद्यार्थी संगठनको रोमिका तामाङ चुनावि मैदानमा छन् । यस क्याम्पसमा अन्य विद्यार्थी संगठनभन्दा नेविसंघ बलियो देखिएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |