

धादिङ,१४ चैत ।
धादिङ बचत तथा ऋण सहकारी संस्थाको स्थापना दिवसमा मंगलबार धादिङबेशीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
सहकारीको आयोजना तथा नेपाल रेडक्रस सोसाईटी रक्त संचार केन्द्र धादिङको प्राविधिक सहयोगमा संस्थाको २२ औँ स्थापना दिवसमा धादिङ अस्पताल परिसरमा भएको रक्तदान कार्यक्रममा २३ महिला र ३२ पुरुष गरी ५५ जनाले रक्तदान गरेको धादिङ रेडक्रसका कोषाध्यक्ष नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
धादिङमा रक्तदान गर्नेको संख्या बढ्दै गएको छ । नियमित रूपमा रक्तदान गर्ने रक्तदाताहरूको संख्या बढेसँगै जिल्लामा रगत संकलन बढ्दै गएको कोषाध्यक्ष श्रेष्ठले बताउनुभयो ।धादिङमा अभियानकै रुपमा रक्तदान कार्यक्रम आयोजना गरिदै आएको छ ।
रगतको अभावलाई न्युनीकरण गर्नको लागी विभिन्न मेला, पर्व, उत्सव, सहकारीको बार्षिक साधारण सभा लगायतको भेला हुने कार्यक्रममा रक्तदान कार्यक्रम राखि रगत संकलन गरीदैँ आएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |