

धादिङ,१४ चैत ।
जवरजस्ती करणीको आरोपमा गजुरीबाट एक जना पक्राउ परेका छन् ।
आज बिहान करिब ५ः३० बजेको समयमा धादिङको गजुरी गाउँपालिका–२ झोलुङ्गे पुल स्थित एक महिलालाई जवरजस्ती करणी गरी फरार रहेका गजुरी–२ चाम्बास बस्ने बर्ष २१ को आईमान सिं तामाङ पक्राउ परेको ईलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।
सेतो सर्ट, सेतो पाईन्ट र कानमा मुन्द्रा लगाएको पुरुषले जवरजस्ती करणी गरी फरार रहेको जानकारी पश्चात गजुरीबाट खटीएको प्रहरी टोलीले खोजतलास गर्दै जाँदा बिहान ९ बजे तामाङलाई लुकिछिपी आफ्नै घरमा बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।
तामाङलाई पिडित महिलाबाट सनाखत गराई जबरजस्ती करणी कसूरमा धादिङ जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |