

धादिङ,१७ चैत ।
माध्यमिक शिक्षा परीक्षा(एसईई) आजदेखी सुरु भएको छ ।
यसबर्षको परीक्षामा धादिङबाट ५ हजार ३ सय ८९ परीक्षार्थी सहभागी छन् ।धादिङमा यस वर्ष नियमित तर्फ ५ हजार ८७ जना, प्राविधिक तर्फ २ सय ४७ जना र ग्रेडवृद्धि तर्फ ५५ गरी जम्मा ५ हजार ३ सय ८९ जना विद्यार्थीहरु परीक्षामा सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई धादिङका इकाई प्रमुख राजेन्द्र बहादुर क्षेत्रीले बताउनुभयो ।
परिक्षाका लागि जिल्लाको १३ वटै पालिकामा २६ वटा परीक्षा केन्द्र र केन्द्राध्यक्ष तोकिएको छ । जिल्लाभर १७८ मावि बिद्यालय रहेकोमा सबैभन्दा कम रुवी भ्यालीको मुक्रावदेवी मावि सेर्तुङको परिक्षा केन्द्रमा तिन विद्यालय समावेश भएको छ भने सबैभन्दा बढि गजुरीको आदर्श मावि परिक्षा केन्द्रमा १२ विद्यालय रहेको छ ।
त्यस्तै धुनिवेशीको मच्छिन्द्र मावि नौविसेको परिक्षा केन्द्रमा १० विद्यालय रहेको छ । परीक्षालाई शान्तिपुर्ण रुपले सम्पन्न गर्नका लागि कटिवद्ध रहेको धादिङका ईकाई प्रमुख क्षेत्रीले बताउनुभयो ।
परीक्षा बिहान ८ बजेदेखि सुरु हुनेछ । प्रदेशस्तरमा अनिवार्य विषयका प्रश्नपत्रको समानान्तर सेट तयार गरिएको छ । कठिनाइ स्तर एउटै भए पनि हरेक प्रदेशमा फरक प्रश्न सोधिने छ।
यस वर्षको परीक्षामा देशभर ५ लाख १६ हजार ५ सय ९१ परीक्षार्थी सहभागी हुने भएका छन्। २ लाख ६० हजार ६ सय ७४ छात्र र २ लाख ५५ हजार ९ सय १७ छात्रा एसईई परीक्षामा सहभागी हुने परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले बताउनुभयो ।
परीक्षाका लागि आवश्यक उत्तरपुस्तिका सबै परीक्षा केन्द्रमा र प्रश्नपत्र सुरक्षा केन्द्रहरुमा पठाइसकिएको छ ।यस वर्ष जापानबाट पनि १४ परीक्षार्थीहरु एसईईमा सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीका छोराछोरीहरुले जापान सरकारको अनुमति लिएर जापानबाटै परीक्षा दिन लागेका परीक्षा नियन्त्रक श्रेष्ठले जानकारी दिनुभयो ।
एसईई परीक्षाका लागि ७७ जिल्लामा २ हजार ३६ परीक्षा केन्द्र निर्धारण गरिएको छ। सबैभन्दा बढी परीक्षा केन्द्र बागमती प्रदेशमा छन् । बागमती प्रदेशका १ लाख ६ हजार ९ सय ५९ परीक्षार्थीका लागि ४ सय ३४ परीक्षा केन्द्र तोकिएको छ ।
भोलि देखी सुरु हुने उक्त परीक्षा चैत २९ गतेसम्म सञ्चालन हुनेछ । पुरानो पाठ्यक्रम अनुसारको यो वर्ष अन्तिम परीक्षा हो । आगामी २०८० सालदेखि नयाँ पाठ्यक्रममा आधारित परीक्षा सञ्चालन हुनेछ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |