

भारतबाट पेट्रोल र डिजलको मूल्य घटेर आएको छ ।
भारतीय आयल कर्पोरेशन आईओसीले नेपाल आयल निगमलाई पठाएको नयाँ मूल्य अनुसार पेट्रोल लिटरमा एक रुपैयाँ ७४ पैसा र डिजलमा ६ रुपैयाँ ८२ पैसा मूल्य घटेको छ ।
अब निगमलाई पेट्रोलमा प्रतिलिटर १० रुपैयाँ र डिजलमा २२ रुपैयाँ नाफा हुने देखिएको छ ।
निगमले अब पेट्रोल र डिजलबाट १५ दिनमै ८० करोड रुपैयाँभन्दा धेरै नाफा कमाउनेछ । अहिले पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १ सय ७८ रुपैयाँ र डिजलको १ सय ७५ रुपैयाँ छ ।
भारतका धेरै पटक मूल्य घटेर आए पनि निगमले यसअघिको घाटा र ग्यासबाट हुँदै आएको घाटालाई पूर्ति गर्न भन्दै भाउ घटाएको छैन ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |