

धादिङ,१८ चैत ।
अहिले धादिङसहित देशका सबैजसो ठाउँमा मौसम बदली भएर धेरै ठाउँमा पानी परिरहेको छ ।
मौसम पूर्वानुमान् महाशाखाका अनुसार हिजोदेखि पानी पार्न थालेको मौसमी प्रणालीका कारण आज पनि तराई र पहाडी क्षेत्रमा वर्षा तथा उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भइरहेको छ ।
देशका केही ठाउँमा भारी वर्षा समेत भएको छ । अहिले सक्रिय प्रणाली भोलि दिउँसोसम्म नै रहने जलवायु विज्ञ डाक्टर धर्मराज उप्रेतीले बताउनुभयो ।
भोलि दिउँसो पछि मौसम केही सफा भए पनि पर्सि फेरि अर्को प्रणाली सक्रिय भइ देशभर फैलने र बुधवारपछि मात्र मौसम सफा हुने जलवायु विज्ञ उप्रेतीले बताउनुभयो ।
अहिले पश्चिमी वायुको कारण भारतको जम्मु कश्मिरमा एउटा न्यून चापीय अवस्था बनेकोले अहिले नेपालमा वर्षा तथा हिमपात भइरहेको र आसाममा अर्को प्रणाली सक्रिय हुन थालेकाले पर्सिदेखि पुनः मौसम बदली हुने उहाँले बताउनुभयो ।तस्विर:अनिल आचार्य





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |