

धादिङ,२१ चैत।
दोस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिताका लागि चैत २५ गतेदेखि धादिङ जिल्लास्तरीय खेलाडी छनौट गरिने भएको छ।
जिल्ला खेलकुद विकास समिति बागमती प्रदेशको आयोजनामा ०८० बैशाखको अन्तिम साता हेटौंडामा हुने बागमती प्रदेश खेलकुद प्रतियोगिता २०७९ का लागि चैत्र २५ गते देखि बैशाख २ गतेसम्म धादिङ जिल्लास्तरीय खेलाडी छनोट गरिने धादिङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रताप सिं तामाङले जानकारी दिनुभयो ।
चैत्र २५ गते महिला÷पुरुषको फुटबल र भलिबलको खेलाडी छनोट खेल धादिङबेसीमा हुनेछ भने चैत्र २६ गते पुरुष तर्फको क्रिकेट छनोट खेल बेनिघाट रोराङ स्थित विशालटारमा हुने अध्यक्ष तामाङले बताउनुभयो ।
तामाङका अनुसार प्रतियोगिताको लागि महिला/पुरुष दुबैतर्फ बिभिन्न ९ बिधामा खेलाडी छनोट गरिने छ । जसमा भलिबल, तेक्वान्दो, एथ्लेटिक्स, कँराते, आईटिएफ तेक्वान्दो, ब्याडमिन्टन, बक्सिङ, क्रिकेट र फुटबल रहेको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |