

धादिङ,२२ चैत ।
धादिङकी एक १६ बर्षिया नाबालिकालाई भारत पु¥याई बेचविखन गरेको आरोपमा एक गिरोह पुर्पक्षका लागि कारागार चलान भएको छ ।
जिल्ला अदालत धादिङले घटनामा संलग्न सातजनालाई पुर्पक्षका लागि कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरिक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिनुभयो ।
जैसवारका अनुसार कारागार चलान हुनेमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिका ३ की ३६ बर्षिया गीता न्यौपाने, निलकण्ठ–३ मा होटल गरी बस्ने बर्ष ३९ की कल्पना आले मगर, त्रिपुरासुन्दरी–३ का ४४ वर्षिय रूपेन्द्र अधिकारी, २१ वर्षकी अस्मिता नेपाली, त्रिपुरासुन्दरी १ की ३९ वर्षिया कोपिला दमै, काठमाडौं कागेश्वरी मनहरा नगरपालिका ६ की ३२ बर्षिया कविता बानियाँ आचार्य र सोलुखुम्बु नेचासल्यान गाउँपालिका २ की ३५ बर्षिया कमला नेपाली रहेकी छिन् । उनीहरूलाई जिल्ला अदालतको आदेशले मंगलबार पुर्पक्षका लागि धादिङ कारागारमा पठाएको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनामा संलग्नलाई पक्राउ गरी मानव बेचबिखन तथा ओसारपसार र संगठित अपराध कसूरमा गत माघ १५ गते म्याद थप गरी ६० दिन हिरातसमा राखेर अनुसन्धान सकाएको थियो। उनिहरूविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले चैत १६ गते मुद्दा दायर गरेको थियो।
गत मंसिर १५ गतेबाट धादिङकी १६ वर्षकी नाबालिका हराइरहेकी थिइन्। उनको खोजीको क्रममा उनीहरूले बालिकालाई भारतको दिल्लीस्थित पहाडगञ्जमा पु¥याएको पाइएको प्रहरी नायब उपरीक्षक जैसवारले बताउनुभयो । प्रतिवादीहरूले पूजा गर्दा आफै प्रशस्त पैसा झर्छ भनी पैसाको प्रलोभनमा पारी बालिकाको शरीरको उचाइ, तौल नापी शरीरमा कुनै किसिमको दाग नरहेको फोटो, भिडियोसमेत सामाजिक सञ्जालबाट तस्करहरूलाई पठाएका थिए।
बालिकाका अभिभावकलाई समेत थाहै नदिई उनीहरुले बालिकालाई भारतीय मानव तस्करीसँगको मिलेमतोमा धादिङ मलेखुबाट रूपन्देहीको सुनौली नाका हुँदै भारतको पहाडगञ्ज पु¥याएको डिएसपी जैसवारले बताउनुभयो । पीडित बालिकालाई बालिकालाई विभिन्न संघ संस्था तथा किङ इन्डियासँग नेपाल प्रहरी प्रधान कार्यालय मानव बेचबिखन ब्यूरो, बबरमहल, काठमाण्डौं र जिल्ला प्रहरी कार्यालय धादिङको संयुक्त पहलमा भारतबाट उद्दार गरिएको थियो।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |