

धादिङ,२४ चैत ।
आज विश्व स्वास्थ्य दिवस, हरेक वर्ष अप्रिल ७ का दिन मनाइने विश्व स्वास्थ्य दिवसमा विविध कार्यक्रम गरि मनाइएको छ ।
स्वास्थ्य संगठनको स्थापना दिवसको अवसरमा मनाईने दिवसमा यस वर्ष नेपालमा ’सबैका लागि स्वास्थ्य’ भन्ने नाराका साथ मनाईको छ।धादिङमा पनि प्रभातफेरि कार्यक्रम गरी दिवस मनाएको छ ।
धादिङ अस्पताल धादिङ र स्वास्थ्य कार्यालय धादिङको संयुक्त आयोजनामा प्रभातफेरि कार्यक्रम गरी दिवस मनाएको हो । अस्पताल र स्वास्थ्य कार्यालयमा कार्यरत कर्मचारीहरुको सहभागितामा भएको प्रभातफेरि धादिङबेशी स्थित पुछारबजारबाट सुरु भई अस्पतालमा पुगेर कोणसभामा परिणत भएको थियो ।
स्वास्थ्य प्रवर्द्धन गर्न, विश्वलाई सुरक्षित राख्न र जोखिममा परेकालाई स्वास्थ्य सेवा प्रदान गरी सबैका लागि गुणस्तरीय र पहुँचयोग्य स्वास्थ्य सेवाका विषयमा ध्यानाकर्षण गर्ने मुख्य उद्देश्य सहित यो दिवस मनाउने गरिन्छ ।
विश्व स्वास्थ्य संगठनको ७५ औँ वार्षिकोत्सव रहेकोले पनि यो वर्षको विश्व स्वास्थ्य दिवस विशेष रहेको छ । सन् १९४८ मा विश्व स्वास्थ्य संगठनको स्थापना भएको थियो ।
नेपालको संविधानले हरेक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक प्रत्याभूत गरेको छ । तर, निःशुल्क स्वास्थ्य सेवा पाउन भने नागरिकलाई सास्ती छ ।
कतिपय ठाउँका स्वास्थ्य संस्थामा औषधि समेत अभाव छ । निःशुल्क पाइने औषधि समेत नागरिकले महंगोमा किन्नु पर्ने बाध्यता छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |