

धादिङ,३० चैत ।
सहारा महिला बचत तथा ऋृण सहकारीले नयाँ बर्ष २०८० सालको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम सप्पन्न गरेको छ ।
सहारा महिला साकोसको कार्यलयमा भएको कार्यक्रममा जिल्ला बचत संघका ब्यबस्थापक गोकर्ण दुवाडी,शिवज्योती महिला बचत तथा ऋण सहकारीकी अध्यक्ष चमेली काप्री, रामकोट बचत तथा ऋण सहकारीका राजकुमार श्रेष्ठ, नारी बिकास बचत तथा ऋृण सहकारीका अध्यक्ष भगवती उप्रेती, निलकण्ठ महिला बचत तथा ऋृण सहकारीका अध्यक्ष पार्वती अधिकारी लगायत विभिन्न सहकारीका प्रतिनिधिहरु र शेयर सदस्यहरुको उपस्थिति रहेको कार्यक्रममा पछिल्लो समयमा बजारमा देखिएका समस्याहरुका बारेमा छलफल गरिएको थियो ।
देश बिकासको तीन खम्बे नीति अनुसार सहकारी महत्त्वपूर्ण एउटा खम्बा भएकोमा पछिल्लो समय गलत काम गर्ने केही बित्तिय संस्थाको कारण सहकारीप्रति पनि नकारात्मक धारणाहरु देखिएकोमा चिन्ता व्यक्त गरिएको छ ।
छलफलमा कोभिडका कारण बजारमा बित्तीय संकट देखापरेको, बेरोजगारीको दर बढेको, ऋण तिर्नुपर्दैन भन्ने अनावश्यक हल्लाले सदस्यहरु अलमलमा परेको कारणले सहकारीप्रतिको सकारात्मक धारणा बढाउन आवश्यक रहेको कुरा औल्याइएको छ ।
सहारा महिला साकोसको अध्यक्ष पार्वती राई खाँडको अध्यक्षतामा भएको कार्यक्रममा सहकारीले महिलाहरुको बिकास र सशक्तीकरणका लागि महत्वपूर्ण भुमिका खेल्दै आएकोले सदस्यहरुलाई आम्दानी संग जोडेर सुशासनमैत्री, जवाफदेही र पारदर्शी हुनुपर्नेमा सबैले जोड दिएका छन् ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |