

धादिङ,०२ बैशाख ।
१३ औं वाका कप तथा प्रथम अध्यक्ष कप पुरुष खुल्ला अन्तर क्लव स्तरीय पुरुष फुटबल प्रतियोगिताको उपाधी ब्रादी युवा क्लवले जितेको छ ।
धादिङको नेत्रावती डवजोङ गाउँपालिका–३ सेमजोङस्थित वाका खेल मैदान गैरामा आज शुक्रबार भएको फाईनल खेलमा डवजोङ क्षेत्र संरक्षण युवा क्लवलाई पराजित गर्दै स्थानीय ब्रादी युवा क्लवले उपाधी जितेको हो ।
उपाधी जितेको ब्रादी युवा क्लवले नगद १ लाख ५० हजार पाएको छ भने उपविजेतामा रोकिएको डवजोङ क्षेत्र संरक्षण युवा क्लवले नगद ७५ हजार पाएको छ ।
त्यस्तै सेमिफाईनल पुग्न सफल नुवाकोटका बेङरुङ एकीकृत समाज र कन्यास्थान युवा क्लवले नगद १५–१५ हजार पाएका छन् । छार वाका राहा युवा क्लव सेमजोङको आयोजना तथा नेत्रावती डवजोङ गाउँपालिकाको सहयोगमा चैत्र २३ गतेबाट सुरुभएको प्रतियोगिता आज सकिएको हो ।
समुन्द्री सतहदेखि करिब २ हजार १५० मिटर उचाइमा अवस्थित धादिङको सेमजोङ र र नुवाकोटको सिमानामा रहेको उत्कृष्ट पर्यटकीय गन्तब्य वाकाको प्रचार प्रसारका लागि छार वाका राहा युवा क्लवले विगत १३ वर्ष देखि फुटबल प्रतियोगिता गर्दै आएको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |