

धादिङ,०४ बैशाख।
देशका बिभिन्न स्थानमा लागेको डढेलो कारण प्रदूषण बढेको छ ।
तत्काल पानी पर्ने सम्भावना नरहेकाले प्रदूषण अझै बढ्ने जोखिम रहेको छ । देशका मुख्य सहरमा केही दिनदेखि प्रदूषण बढेको छ । अझै तीन दिनसम्म पानी पर्ने र हावा चल्ने सम्भावना नरहेकाले प्रदूषण र तुवाँलो अझै बढ्ने मौसमविद् रोजन लामिछानेले बताउनुभयो।
सुक्खापन बढ्दा र मानवीय लापरबाहीका कारण देशका धेरै वनजङ्गलमा डढेलो लागेको र धुवाँ फाल्ने पुराना गाडी तथा सडकका धुलो कारण प्रदूषण बढेको विज्ञको भनाई छ ।
प्रदूषणका कारण रुघाखोकी, दम र निमोनियाका बिरामी बढेका छन् ।यस्तै, कतिपयलाई धुवाँधुलोका कारण घाँटीमा सङ्क्रमण भइरहेको छ भने कतिपयलाई एलर्जीको समस्या समेत देखिन थालेको छाती रोग विशेषज्ञ डाक्टर निरज बमले बताउनुभयो । विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक र दीर्घरोगीहरुमा बढी असर परेको छ ।
रोग प्रतिरोधात्मक क्षमता कम हुने भएकाले उनीहरुलाई छिट्टै रोगले आक्रमण गर्ने डाक्टर बमले बताउनुभयो ।प्रदूषण बढिरहेकाले सकेसम्म घरबाहिर ननिस्कन र निस्कनै परे मास्क लगाउन, प्रशस्त पानी पिउन, श्वास फेर्न गाह्रो भए वा खोक्दा छाती दुखे, रगत आए तत्काल अस्पताल जान डाक्टरको सुझाव छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |