

धादिङ,०४ बैशाख।
धादिङको गजुरी गाउँपालिकाले निःशुल्क लोकसेवा तथा शिक्षक सेवा तयारी कक्षा सञ्चालन गरेको छ ।
गजुरी गाउँपालिकाको आयोजना तथा गजुरी बजारमा रहेको आर्दश बहुमुखी क्याम्पसको व्यवस्थापनमा संघीय निजामती सेवाको ना.सु तथा खरिदार तयारी कक्षा, प्रदेश र स्थानी तहको हकमा सहायक चौँथो र पाँचौतहको तयारी कक्षा तथा शिक्षक सेवा आयोगको हकमा प्रा वि तहका तयारी कक्षा सन्चालनमा सुरु गरेको गाउँपालिकाले जनाएको छ ।
गजुरी लगाएत समग्र धादिङकै हकमा निजामती सेवामा अत्यन्तै न्युन जनशक्ति रहेकोले लोकसेवा तथा शिक्षक सेवा जस्ता प्रतिस्पर्धात्मक सेवामा स्थानिय यूवा वर्गको आकर्षण बढाउन यो कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले बताउनुभयो ।
उहाँले यस प्रकारको कक्षा लिन बिद्यार्थीहरु काठमाडौँ जानुपर्ने बाध्यता र धेरै शुल्क बझाउनुपर्ने बाध्यताले पढन् नपाएको अवस्थामा गाउँपालिकाले सम्बोधन गरेको बताउनुभयो । यो निशुल्क तयारी कक्षा भएको तर बिद्यार्थीको अपनत्व महसुस होस भन्नको लागि १ हजार प्रवेश शुल्क कायम गरिएको गाउँपालिकाले जनाएको छ ।
तयारी कक्षा ७० पिरियडको हुने र भौतिक उपस्थिती र अनलाईन दुबै बिधि मार्फत हुने गाउँपालिकाले जनाएको छ । अहिले बेलुकी ५ बजेबाट भौतिक कक्षा सञ्चालन भईरहेको छ ।
विद्यार्थीहरुको माग र सहभागिता अनुसार पछि अन्य सेवा तथा कक्षाहरु पनि संचालन गरिने गाउँपालिकाले जनाएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |