

धादिङ,०५ बैशाख।
व्यक्तिगत घटना दर्ता सप्ताहको आज पाचौ दिन,धादिङसहित देशभर व्यक्तिगत घटना दर्ता सप्ताह सञ्चालन भईरहेको छ ।
सप्ताह अभियान अन्तर्गत आज मंगलबार धादिङको थाक्रे गाउपालिकामा प्रभातफेरी कार्यक्रम गरिएको छ। थाक्रे गाउपालिकाको आयोजनामा महादेवबेशी बजार परिक्रमा गरि पालिकासम्म प्रभातफेरी गरिएको थियो ।
प्रभातफेरीमा पालिकाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर बराल , विभिन्न वडाका वडाअध्यक्षहरु , पालिकाका कर्मचारी, विद्यार्थी , संचारकर्मी लगाएतको सहभागीता रहेको थियो । वैशाख १ गते शुक्रबारबाट सुरु भएको व्यक्तिगत घटना दर्ता सप्ताहको आज पाचौ दिन हो।
गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले व्यक्तिगत घटना समयमै दर्ता गराउन नागरिक हरुलाई जागरुक गराउन सप्ताहव्यापी अभियान सुरु गरेको हो।
जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद र बसाइँ सराइजस्ता व्यक्तिगत घटना, घटना भएको ३५ दिनभित्र दर्ता गराउन विभागले आग्रह समेत गरेको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |