

धादिङ,०६ बैशाख ।
गजुरी गाउँपालिका स्थित आदर्श बहुमुखी क्याम्पसमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
नेपाल रेडक्रस सोसाईटी गजुरी उपशाखाको आयोजना तथा नेपाल रेडक्रस सोसाईटी रक्त संचार सेवा केन्द्र धादिङको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा ३२ जना महिला र ६९ जना पुरुष गरी १०१ जनाले रक्तदान गरेको धादिङ रेडक्रसका कोषाध्यक्ष नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
जिल्लामा रगतको अभाव खड्किएको छ । पछिल्लो समय रक्तदानका कार्यक्रमहरु नहुँदा रगत संकलन हुन नसकेकाले अभाव भएको श्रेष्ठले बताउनुभयो ।
पहिले महिनामा ७ भन्दा बढी रक्तदान कार्यक्रम हुँदै आएकोमा पछिल्ला २ महिना यता रक्तदान कार्यक्रमहरु नहुँदा रगतको चरम अभाव भएको श्रेष्ठको भनाई छ ।
रगतको अभाव खड्किएपछि सामाजिक सञ्जालमा रगत आवश्यकता भन्दै माग गर्नुपरेको भन्दै श्रेष्ठले लामो समयपछि गजुरीमा आज रक्तदान कार्यक्रम भएकोले आयोजकलाई धन्यबाद प्रकट गर्नुभयो ।
केही समय अघिसम्म जिल्लामा बढी भएको रगत काठमाडौं लगायतका जिल्लाहरुमा समेत पठाउने गरेको भन्दै उहाँले रगत अभावकै कारण विरामीलाई डिस्चार्ज गर्नुपर्ने अवस्था समेत रहेको बताउनुभयो ।
उहाँले जिल्लाका सरोकारवाला निकायको ध्यान जान जरुरी रहेको भन्दै जिल्लाका १३ वटै पालिका, बिभिन्न सरकारी निकाय बिद्यालय, क्याम्पस, संघ संस्था तथा सहकारीहरुले आफ्नो क्यालेण्डरमै रक्तदान कार्यक्रमको तालिका बनाएर रक्तदानको कार्यक्रम नगरे धादिङमा देखिएको रगत अभावको समाधान गर्न नसकिने बताउनुभएको छ ।
श्रेष्ठका अनुसार अहिले धादिङ अस्पतालमा दैनिक ५ देखी ७ पिन्ट र महिना को १५० भन्दा बढि पिन्ट रगत खपत हुदैँ आएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |