Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ जेष्ठ २१, बिहिबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
बिचार
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

श्रीमानले गरे श्रीमतीको हत्या

१२ घण्टा अघि
२

लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

१ दिन अघि
३

लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

१ दिन अघि
४

अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

१ दिन अघि
५

धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण

१ दिन अघि
६

धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ

१ दिन अघि
७

धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)

१ दिन अघि
८

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

२ दिन अघि
९

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

३ दिन अघि
१०

पेट्रोलियम पदार्थको मूल्य यथावत

३ दिन अघि
११

अवैध सिसौको काठसहित दुई जना पक्राउ

३ दिन अघि
१२

तिन प्रणालीको प्रभाव:देशका विभिन्न ठाउँमा वर्षा,कहिले सुधार होला मौसम ?

५ दिन अघि

धेरै पढिएका

१

करेन्ट लागेर एक बालिका गम्भीर घाइते

१ हफ्ता अघि
२

धादिङमा साइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते, हेलिकोप्टरमार्फत काठमाडौं पठाइयो

१ हफ्ता अघि
३

धादिङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

१ हफ्ता अघि
४

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

३ दिन अघि
५

गल्छीमा बसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु,एक जना घाईते

१ हफ्ता अघि
६

टिपरलाई ढुंगाले थिच्दा चालकको मृत्यु

१ हफ्ता अघि
७

श्रीमानले गरे श्रीमतीको हत्या

१२ घण्टा अघि
८

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

२ दिन अघि
९

सिद्धलेक गाउँपालिकामा ठेक्का विवाद : अध्यक्षको भिडियोपछि राजनीतिक तरंग (भिडियो सहित)

२ हफ्ता अघि
१०

लागूऔषध खैरो हेरोइनसहित धादिङका एक जना पक्राउ

१ हफ्ता अघि
११

बोलेरो गाडीका फलामे हुट हटाउदै धादिङ प्रहरी

२ हफ्ता अघि
१२

क्यान्सर उपचारमा किस्ट शिक्षण अस्पताल र मेदान्ता गुरुग्रामबीच सहकार्य

१ हफ्ता अघि

बाटो र माटोमा मात्रै बाल विकासमा पनि लगानी बढाऔं !

  • बागमती कलम
  • ९७२ पटक पढिएको
  • प्रकाशित मिति: २०८० बैशाख ११, सोमबार (३ साल अघि)
बाटो र माटोमा मात्रै बाल विकासमा पनि लगानी बढाऔं !

 दामोदर अर्याल
धादिङ,११ बैशाख।
नेपालको कानुन अनुसार १८ वर्ष भन्दा मुनिका केटा वा केटीहरुलाई वालवालिका भनिन्छ ।

यो उमेर स्वतन्त्र रुपमा हुर्कने, बढ्ने, खेल्ने, पढ्ने, बुझ्नेर परिपक्व हुँदै भविष्य निर्देश गर्ने अवस्था हो । बालबबलिकाहरु जन्मदा करिव करिव खालि जस्तो दिमाग लिएर जन्मिएका हुन्छन ।त्यो खालि दिमागमा जस्तो प्रभाव प¥यो पछि गएर हटाउन निकै कठिन हुन्छ । जति राम्रोसंग हाम्रा ब्यबहारहरुले राम्रा कुराहरु भरिदन सक्यो त्यति नै राम्रो र असल भएर हुर्कने बढ्ने हुन्छन् ।

बालबिलिका अवस्थामा जे जस्ता संस्कार र संस्कृतिहरुले सुसज्जित हुन सक्छन्र बनाउन सकिन्छ त्यसैले नै स्वयं बालबालिका र उसको सम्पूर्ण परिवारको बर्तमान र भविश्यमा मार्ग निर्देश गर्ने क्षमता उसमा विकसित भई एउटा असल ब्यक्तिको रुपमा परिवार, समाज, अनि राष्ट्रको लागि योगदान गर्न सक्छ । त्यसैले अहिलेको बालबालिकामा गरिएको लगानी भविष्यको समग्र समुदायमा गरिएको ठूलो लागानी हो ।

बालबालिका सम्बन्धी ऐन, २०७५ र नियमावली, २०७८ः नेपाल सरकारले बालबालिका सम्बन्धी ऐन, २०४८ लाई प्रतिस्थापन गरी बालबालिका सम्बन्धि ऐन, २०७५ जारी गरेको छ । यो ऐनमा बाल अधिकार महासन्धीको मूलभूत सिद्धान्त र प्रावधान अनुकुल बालबालिकाका १३ वटा मूलभूत अधिकारहरु (दफा ३ देखि १५ सम्म) सुनिश्चित गरिएका छन् ।

ऐनको परिच्छेद १ को दफा २ (ञ) मा १८ वर्ष उमेर पूरा नभएका व्यक्तिलाई बालबालिकाको रुपमा परिभाषित गरिएको छ । दफा १६ मा बालबालिकासँग सम्बन्धित प्रत्येक संघसँस्था तथा निकायले बालबालिकाको सर्वोत्तम हितलाई प्राथमिकता दिनुपर्ने लगायत दफा १७ मा परिवार र संरक्षकको दायित्व, दफा १८ मा राज्यको दायित्व र दफा १९ मा संचार क्षेत्रको बालबालिका सम्बन्धी दायित्वको व्यवस्था गरिएको छ ।

यसैगरी, परिच्छेद ४ मा बालन्याय सम्बन्धी व्यवस्था, परिच्छेद ५ मा बालबालिकाको विशेष संरक्षण र पुर्नस्थापना सम्बन्धी व्यवस्था, दफा ४८ मा विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाको वैकल्पिक हेरचाहको व्यवस्था, दफा ५० मा बालबालिकाको संरक्षण सम्बन्धी व्यवस्था र परिच्छेद १० अन्तर्गत दफा ७७ मा बाबु, आमा, संरक्षक, परिवारका अन्य सदस्य, शिक्षक तथा समाजसेवीले बालबालिकाको सर्वोत्तम हितलाई ख्याल गरी दिएको सल्लाह, सुझाव, मार्गदर्शन र निर्देशन पालना गर्नु, सबैलाई सम्मान र आदर गर्नु प्रत्येक बालबालिकाको कर्तव्य हुने व्यवस्था समावेश छ ।

उपरोक्त प्रावधानहरुलाई विश्लेषण गर्दा बालबालिका सम्बन्धि ऐन, २०७५ मा बालबालिकाको समग्र हक हित र अधिकारलाई समेटिएको छ ।बालबालिकाको सर्वोत्तम हितलाइ बाल अधिकारका चार पक्ष बाल बचाउ, बाल संरक्षण, बाल विकास र बाल सहभागितालाई मुख्य आधारको रुपमा लिइएको छ ।

बालबालिकाको हक सम्बन्धी संवैधानिक व्यवस्था अनुसार स्थानीय तहलाई जिम्मेवार बनाउन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा विभिन्न प्रावधानहरू रहेका छन्।यस ऐनले बाल अधिकार प्रवर्द्धन गर्न ऐनको दफा ११ (ज) बमोजिम प्रारम्भिक बाल शिक्षा तथा विद्यालय शिक्षा र अनौपचारिक शिक्षा सम्बन्धी नीति, कानून, मापदण्ड, योजनाको निर्माण, कार्यान्वयन र नियमन गर्ने जिम्मेवारी सम्बन्धित गाउँ÷नगरपालिकाको रहेको छ।

शैक्षिक पूर्वाधार निर्माण र मर्मत सम्भार, आधारभूत तहको परीक्षा व्यवस्थापन, स्थानीय पुस्तकालय र वाचनालयको सञ्चालन तथा व्यवस्थापन, माध्यमिक तहसम्मको शैक्षिक कार्यक्रमको समन्वय र नियमन गर्ने कार्य समेत गाउँ/नगरपालिकाको कार्यक्षेत्र भित्र पर्दछ ।

यसैगरी सोही दफाको खण्ड (झ) बमोजिम आधारभूत स्वास्थ्य र सरसफाई सम्बन्धी नीति, कानून, मापदण्ड, योजनाको निर्माण, कार्यान्वयन र नियमन, आधारभूत स्वास्थ्य सेवाको सञ्चालन र प्रवर्द्धन, स्वस्थ खानेपानी तथा खाद्य पदार्थको गुणस्तर र वायु तथा ध्वनिको प्रदुषण नियन्त्रण, सरसफाई सचेतनाको अभिवृद्धि र स्वास्थ्यजन्य फोहरमैलाको व्यवस्थापन समेत स्थानीय तहको अधिकार क्षेत्रमा रहेको छ ।

ऐनको दफा १२ उपदफा (२) खण्ड (१) को (ग) ले बालमैत्री स्थानीय शासन प्रवर्द्धन गरी बालमैत्री वडा घोषणा गर्ने जिम्मेवारी गाउँ/नगरपालिकाको वडालाई दिएको छ ।

बालउद्यानको व्यवस्था, प्रारम्भिक बाल विकास केन्द्र सञ्चालन र व्यवस्थापन, पुस्तकालय, वाचनालय, सामुदायिक सिकाई केन्द्र व्यवस्थापन, बालक्लव तथा बालसञ्जालको सञ्चालन र व्यवस्थापन, वडा तहको स्वास्थ्य केन्द्र तथा उप केन्द्रको व्यवस्थापन, बालबालिकाहरूलाई बि.सि.जि.,पोलियो,भिटामिन ए को व्यवस्था, पोषण कार्यक्रमको सञ्चालन, अन्तरविद्यालय तथा बालक्लव मार्फत खेलकुद कार्यक्रमको सञ्चालन, प्रचलित कानून बमोजिम व्यक्तिगत घटना दर्ता, अद्यावधिक तथा सो को अभिलेख संरक्षण, व्यक्तिगत घटना दर्ता सम्बन्धी जनचेतनामूलक कार्यक्रमहरू समेत वडाको जिम्मेवारीमा रहेका छन् ।

यस्तै महिला विरुद्धको हिँसा, छुवाछुत, दहेज तथा दाइजो, हलिया, छाउपडी, कमलरी जस्ता कुप्रथा, बालश्रम, मानव बेचविखन, निरक्षरता जस्ता सामाजिक कुरीति र अन्धविश्वासको अन्त्य गर्ने, गराउने, सडक बालबालिकाको उद्धार र पुनःस्थापना गर्ने गराउने, सुरक्षित मातृत्व, विद्यार्थी भर्ना, पूर्ण खोप, खुला दिसामुक्त क्षेत्र, वातावरणमैत्री तथा बालमैत्री शासन जस्ता प्रवर्द्धनात्मक कार्यहरू गर्ने, गराउने जिम्मेवारी समेत वडाको हुने प्रावधान रहेको छ ।

गाउँपालिका तथा नगरपालिकाले आफ्नो अधिकार क्षेत्रभित्रका विषयमा स्थानीयस्तरको विकासका लागि आवधिक, वार्षिक, रणनीतिक, विषय क्षेत्रगत, मध्यकालीन तथा दीर्घकालीन विकास योजना बनाउँदा नेपाल सरकार र प्रदेश सरकारको नीति, लक्ष्य, उद्देश्य, समयसीमा र प्रकृयासँग अनुकूल हुनेगरी गर्नुपर्ने र सबै प्रकृयामा बालबालिका लगायतका अन्तरसम्बन्धित विषयलाई समावेश गर्नुपर्ने व्यवस्था समेत यस ऐनले गरेको छ ।

हाम्रा कार्यक्रमहरुले आजका बालबालिका अर्थात भविष्यका कर्णधार वा सूत्रधारलाई अतिनै महत्व दिन आवश्यक हुन्छ र बालबालिकालाइनै केन्द्रमा राखी समग्र समुदायको विकासका कार्यक्रमहरु सञ्चालन गर्नुपर्छ र हरेक कार्यक्रममा बाल बालबालिकालाई महत्व दिनु पर्दछ ।

बालबालिकाको सर्बाङ्गिण विकासका लागि बालबालिकाहरुसंग सरोकार राख्ने र राख्नु पर्ने सबै पक्ष र निकायहरुमा यस कार्यक्रम जोडिएर गएको छ । हामीले गर्ने हरेक काममा बालबालिकाहरुलाई सुन्ने र बालसुलभ ब्यबहारबाट नै उसमा नैतिक चरित्र विकास भई भविश्यमा हाम्रा सामु आईपर्न सक्ने विविध समस्या निराकरणमा निर्धक्क सहयोगी बन्न सक्छ,आज हाम्रो ब्यबहारले वालवालिकालाई जे सिकाउँछौँ त्यहि नै भविष्यमा बालबालिकाले सिकेर अनुसरण गर्ने गर्दछन् ।

मानव जीवनको शुरुवात आमाको गर्भबाट हुन्छ,गर्भमा आएदेखि नै बालबालिकाको वृद्धि र विकास निरन्तर र द्रुत गतिमा भइरहेको हुन्छ । यस उामेरमा बालबालिकाको शारीरिक कार्यमा परिमार्जन हुनु, सोच तथा प्रतिक्रियामा परिवर्तन आउनु, बोलीचालीमा परिवर्तन तथा शब्द भण्डार बढ्नु, समाजमा घुलमिल हुन सक्नु आदि जस्ता गुणहरूको प्राप्ति नै विकास हो ।

नेपालमा शिक्षा, स्वास्थ्य, पोषण, सिकाइ सम्बन्धी धेरैजसो कार्यक्रमहरू पाँच वर्ष मुनिका बालबालिकाहरूलाई केन्द्रित गरि व्यवहारिक रुपमा संचालन गरिनु आवश्यक रहेको छ । प्रारम्भिक बाल्यावस्था मानव जीवनको सबैभन्दा महत्वपूण समय हो । यस अवस्थामा बालबालिकाहरूको वृद्धि, विकास, सिकाइ क्षमता र मस्तिष्क अन्य उमेरमा भन्दा धेरै छिटा विकास भईरहेको हुन्छ । प्रारम्भिक बाल्यावस्था भविष्यको सिकाइको जग हो ।

भविष्यमा मानिसको जीवनको सफलता, प्रारम्भिक बाल्यावस्थामा पाउने अवसर, उत्प्रेरणा, शारीरिक तथा मानसिक स्वस्थता, उसले पाएको शारीरिक, बौद्धिक, संवेगात्मक, सामाजिक, भाषिक विकास गर्ने उचित अवसरले निकै प्रभाव पारेको पाईन्छ । घर बलियो बन्नको निम्ति जग बलियो हुनु पर्छ भने जस्तै राष्ट्र बलियो बन्न उचित प्रारम्भिक बालविकास अवसरको प्रदान गर्नुपर्छ,सबल र सक्षम जनशक्ति आवश्यक पर्छ ।

यस्तो जनशक्ति विकासको आधार प्रारम्भिक बाल्यअवस्था भएकाले यस अवस्थामा बाल बालिकाहरूको सर्वाङ्गीण विकासको अवसर प्रदान गरिनुपर्छ तेसैले बाटो र माटोमा मात्रै मानव विकासमा पनि लगानी बढाऔं ।

गर्भदेखि ५ वर्ष सम्म बच्चाको वृद्धि र विकास अति तिब्र गतिमा भइरहेको हुन्छ : गर्भमा एउटा थोप्ला बाट शुरु भएको मानव जीवन २ सय ७० दिन भित्र शरीरका सम्पूर्ण अंगहरूको विकास भई सक्छ । बच्चा गर्भमा रहेको तीन हप्ता देखिनै मस्तिष्कको विकास शुरु हुन्छ,बालबालिकाहरुको मस्तिकको ३० प्रतिशत विकास आमाको गर्भमा नै भई सकेको हुन्छ गर्भमा आए देखि ५ बर्ष सम्मको उमेर बालबालिकाहरुको लागि ज्यादै महत्वपुर्ण रहेको हुन्छ ।

२ वर्ष भित्रमा सम्पूर्ण मस्तिष्कको ८० प्रतिशत र पाँच वर्ष भित्रमा ९० प्रतिशत मस्तिष्कको तौल वृद्धि हुने गर्दछ । आजका बालबालिका नै भोलिको घर, परिवार, समाज, सुमदाय, संघ संस्था र देश हो । आफ्ना सन्ततिको सुखद भविष्यको कल्पना सबै अविभावकहरुले गरेका हुन्छन् , सभ्य समुदायको पहिचान नै बालबालिकालाई दिईने प्राथमिकता र उनीहरुलाई गर्ने व्यवहारबाट झल्कन्छ ।

भोलिका मानिसहरुको भविष्यनै आजका बालबालिकाहरुको हातमा छ । बालबालिका भबिष्यका मानवपुँजि हुन्, अविभावहरु आफ्ना सन्ततिको खुशिका लागि लगानी गर्न पनि तयार हुन्छन्,सन्तान खुशिको सुरुवात नै बालबालिकाहरुको खुशि र समृद्धिसंग जोडिएको हुन्छ,सन्तानको खुशीनै सबै अविभावकहरुको खुशी हो ।

बालबालिकालाई मित्रवत वा मैत्रीपूर्ण व्यवहार गर्नु नै बालमैत्री हो । अर्को अर्थमा बालमैत्री भन्नाले बालबालिकालाई मनपर्ने, उनीहरूलाई सहज, रमाइला र सुरक्षित लाग्ने तथा बालअधिकार हनन् नहुने व्यवहार वा वातावरण भन्ने बुझिन्छ । जस्तैः विद्यालयमा बालबालिका अनुकूल वातावरण हुनु, शिक्षकले बालबालिकालाई साथी जस्तै व्यवहार गर्नु, घरमा अभिभावकले बालबालिकालाई राम्रो व्यवहार गर्नु आदि ।

यस्तै बालबालिकाको लिङ्ग, जाति, भाषा, धर्म आदिको आधारमा भेदभाव नगर्नु बालबालिका सम्बन्धी विषयमा बालबालिकाका विचारहरू सुन्नु र कदर गर्ने गर्नु पर्दछ । हामी हाम्रा विभिन्न परिवेशहरुमा बालबालिकाहरुलाई होच्याएर विविध उपनामहरु दिने गरेका पाउँछौ जसले बालबालिकाको मनोवल गिराउनमा सहयोग गरिराखेको हुन्छ नकी आत्म सम्मानित भई आत्मविश्वासी हुन ।

त्यसैले बालबालिकको मनोवल गिराउने त्यस्ता उपनामी शब्दहरुको प्रयोगलाई निर्मुल पार्नमा ध्यान केन्द्रित गर्नु पर्ने हुन्छ । परिवारमा रहँदा खाए नखाएको, उचित सुरक्षा ब्यबस्था, खेल्दा सुरक्षित स्थानहरुमा छ वा छैन, घरमा रहेर गर्नुपर्ने कामहरुमा सहयोग, खेल्ने समयको बोध गराउने कुरा आदिमा ध्यान दिनुको साथै विरामी पर्दा उचित उपचारको ब्यबस्था गरेको नगरेको आदि कुरामा पनि उत्तिकै ध्यान दिनपर्ने हुन्छ जसले गर्दा उसको ब्यक्तित्व विकासमा राम्रो सहयोग पुग्न सक्छ ।

बालबालिकाका लागि भनेर गरिने कुनै पनि काममा उनिहरुको संलग्नता हुन सकेमा उसको सल्लाहमा उसप्रति लक्षित कार्यहरु सम्पन्न हुँदा बालबालिकाले पनि अपनत्व ग्रहण गरी परिवार मेरा प्रति सहयोगी छ भन्ने बुझ्नमा पनि सहयोग र बालमैत्री वातावरण भई विविध कुविचार र कुलतहरुतर्फ जान सक्ने जोखिमलाई पनि न्यूनिकरण गर्न सकिन्छ।

लेखक दामोदर अर्याल बिगत २१ बर्ष देखि बाल अधिकार अभियान्ताकोक रुपमा कार्य गर्दै आउनु भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
बिचार सम्बन्धि थप
  • dead

    श्रीमानले गरे श्रीमतीको हत्या

  • pakrau

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

  • pakrau

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

  • bodh-narayan-sth-press

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

  • समाचार
  • १

    श्रीमानले गरे श्रीमतीको हत्या
    १२ घण्टा अघि

  • २

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ
    १ दिन अघि

  • ३

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ
    १ दिन अघि

  • ४

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई
    १ दिन अघि

  • ५

    धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण
    १ दिन अघि

  • ६

    धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ
    १ दिन अघि

  • ७

    धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)
    १ दिन अघि

  • ८

    सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ
    २ दिन अघि

  • ९

    नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह
    ३ दिन अघि

  • १०

    पेट्रोलियम पदार्थको मूल्य यथावत
    ३ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution