

धादिङ,१४ बैशाख।
दोस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिताका लागि धादिङमा जिल्लास्तरीय खेलाडी छनौट प्रतियोगिता जारी रहेको छ ।
बागमती प्रदेश खेलकुद विकास परिषदको आयोजनामा बैशाखको अन्तिम साता हेटौंडामा हुने बागमती प्रदेश खेलकुद प्रतियोगिताका लागि धादिङबेशीमा बैशाख १२ गतेदेखि जिल्लास्तरीय खेलाडी छनौट प्रतियोगिता जारी रहेको छ ।
प्रतियोगिताका लागि धादिङबेशीमा महिला/पुरुष दुबैतर्फ बिभिन्न ९ बिधामा खेलाडी छनोट भईरहेको धादिङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रताप सिं तामाङले जानकारी दिनुभयो ।
तामाङका अनुसार भलिबल, तेक्वान्दो, एथ्लेटिक्स, कँराते, आईटिएफ तेक्वान्दो, ब्याडमिन्टन, बक्सिङ, क्रिकेट र फुटबल रहेको छ । आजसम्म व्याडमिन्टन, एथ्लेटिक्स, कँराते र क्रिकेटको खेलाडी छनोट सकिएको तामाङले बताउनुभयो ।
भोलि १५ गते तेक्वान्दो, भलिबल र फुटबलको छनौट प्रतियोगिता हुने अध्यक्ष तामाङले बताउनुभयो ।यसअघि बागमती प्रदेश खेलकुद विकास परिषद्ले गत चैतमा नै जिल्ला छनौट गरी खेलाडीको नामावली पठाउन पत्राचार गरेको थियो ।
धादिङमा पनि गत चैत्र २५ गतेदेखी धादिङ जिल्लास्तरीय खेलाडी छनौटको मिति तय भएको थियो । तर परिषद्ले छनोट नगर्न आव्हान गरेसँगै जिल्लामा खेलाडी छनोट कार्यक्रम स्थगित भएको थियो ।
परिषद्ले पछी फेरी खेलाडी छनौट गर्न पत्राचार गरेसँगै जिल्लामा बैशाख १२ गतेदेखी खेलाडी छनोट प्रतियोगिता सुरु भएको हो।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |