

धादिङ,१५ बैशाख।
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले खेलाडीको हितमा काम गर्ने बताउनुभएको छ ।
प्रदेश सरकार सदैव खेलाडीहरुको साथमा रहेको भन्दै उहाँले खेलाडीहरुको विकासका लागि प्रदेश सरकार गम्भिर भएर अघि बढ्ने बताउनुभयो।
दोस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिताका लागि धादिङमा जारी जिल्लास्तरीय खेलाडी छनौट प्रतियोगिताको शुक्रबार उद्घाटन गर्दै मुख्यमन्त्री जम्कट्टेलले सो कुरा बताउनुभएको हो ।
गत बर्ष पनि धादिङका खेलाडीले उत्कृष्ट प्रदशन गरी जिल्लाको सम्मान बढाएको भन्दै उहाँले खेलाडीहरुलाई उत्कृष्ट प्रदशन गर्न आग्रह गर्नुभयो । उत्कृष्ट प्रदशन गर्दै जिल्ला, प्रदेश र राष्ट्रियसम्म पुग्न शुभकामना दिनुभयो । जम्कट्टेलले खेलाडी राष्ट्रको गहना भएकाले राष्ट्रको गौरव बढाउने कार्य गर्न आग्रह गर्नुभयो ।
बागमती प्रदेश खेलकुद विकास परिषदको आयोजनामा बैशाखको अन्तिम साता हेटौंडामा हुने बागमती प्रदेश खेलकुद प्रतियोगिताका लागि धादिङबेशीमा बैशाख १२ गतेदेखि सुरु भएको जिल्लास्तरीय खेलाडी छनौट प्रतियोगिता आज सकिएको छ ।
प्रतियोगिताका लागि महिला÷पुरुष दुबैतर्फ बिभिन्न ९ बिधामा खेलाडी छनोट गरिएको धादिङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रताप सिं तामाङले जानकारी दिनुभयो । तामाङका अनुसार भलिबल, तेक्वान्दो, एथ्लेटिक्स, कँराते, आईटिएफ तेक्वान्दो, ब्याडमिन्टन, बक्सिङ, क्रिकेट र फुटबलका खेलाडी छनोट गरिएको छ ।
यसअघि बागमती प्रदेश खेलकुद विकास परिषद्ले गत चैतमा नै जिल्ला छनौट गरी खेलाडीको नामावली पठाउन पत्राचार गरेको थियो । धादिङमा पनि गत चैत्र २५ गतेदेखी धादिङ जिल्लास्तरीय खेलाडी छनौटको मिति तय भएको थियो ।
तर परिषद्ले छनोट नगर्न आव्हान गरेसँगै जिल्लामा खेलाडी छनोट कार्यक्रम स्थगित भएको थियो । परिषद्ले पछी फेरी खेलाडी छनौट गर्न पत्राचार गरेसँगै जिल्लामा खेलाडी छनोट गरिएको हो।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |