

धादिङ,२२ बैशाख ।
सदरमुकाम धादिङबेशीमा भोलिदेखी श्रीमद् भागवत् सप्ताह ज्ञान महायज्ञ एवम् तुलाधान धार्मिक महोत्सव सुरु हुदैँ छ ।
उत्तम फाउन्डेसनको आयोजनामा भोलिदेखी नीलकण्ठ नगरपालिका वडा नं.३, ८ र १२ को संगमस्थल आँसिखोला र थोपलखोलाको दोभानमा श्रीमद् भागवत् सप्ताह ज्ञान महायज्ञ एवम् तुलाधान धार्मिक महोत्सव हुन लागेको हो ।
धादिङबेशीको मरणघाट निर्माण तथा परेवाटार धादिङमा चारधाम निर्माण सहयोगार्थ एवम् पितृउद्धारार्थ कामनाको उद्देश्यले महायज्ञको आयोजना गरिएको शुक्रबार पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको थियो ।
महायज्ञको पहिलो दिन भोलि विहान ९ बजे आँसि खोलाको दोभानबाट सिरान बजार हुदै पुनःआँसी खोला दोभानसम्म कलसयात्रा तथा बिहान ११ बजे समुद्घाटन हुने आयोजकले जनाएको छ ।
महायज्ञमा प्रत्येक दिन विहान नित्य पूजा,रुद्राभिषेक, चण्डी श्रीमद भागवत गीता, विष्णु सहश्रनाम, वेद पाठ एवम श्रीमद भागवत पाठ पारायण साथै नित्य हवन कार्यक्रम,दिउँसो संगितमय श्रीमद् भागवत कथा वाचन, भजन कृतन, झाँकी प्रदर्शन तथा दाता सम्मान कार्यक्रम र बेलुकी महात्म्य कथा प्रवचन, भजन कृतन, देव लीला झाँकी प्रदर्शन हुने संकल्पकर्ता तथा कथा वाचक बालतपस्वी उत्तम भट्ट महाराजले बताउनुभयो।
साथै महोत्सवमा प्रत्येक परिवारबाट २१ कुलका पितृहरुको नाममा बत्ती बाल्ने कार्यक्रम पनि रहेको छ । बालतपस्वी भट्टको मुखारवृद्ध हुने महायज्ञमा तुलादान गर्ने,सवा लाख बत्ति बाल्ने, पितृको फोटो राख्ने, संस्थाको आजिवन अभिभावक मानार्थ सदस्य बन्ने भक्तजनलाई विशेष सम्मान गरिने आयोजकले जनाएको छ ।
महायज्ञ बैशाख ३० गतेसम्म सञ्चालन हुनेछ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |