

धादिङ,२८ बैशाख ।
अन्तराष्ट्रिय मार्शल आर्ट संघ नेपाल धादिङको अध्यक्षमा गौतम ठकुरी चयन हुनुभएको छ ।
बिहिबार धादिङबेशीमा भएको मार्शल आर्ट संघ सोतोकान कराते डो को प्रथम अधिवेशनले ठकुरीको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
उपाध्यक्षमा सुमन थापा, सचिवमा जयराम पाठक,कोषाध्यक्षमा मार्था तामाङ, सहसचिवमा सौरभ श्रेष्ठ र सदस्यहरुमा सुरज मल्ल, रमेश पौडेल चयन हुनुभएको छ ।
संघका अध्यक्ष ठकुरीको अध्यक्षतामा भएको अधिवेशनमा जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रताप सिं तामाङको प्रमुख आतिथ्यता तथा कराँते धादिङका भिम बहादुर गुरुङ,तेक्वान्दो संघ धादिङका प्रदिप गिरी, मरियम तामाङको आतिथ्य रहेको थियो ।
कार्यक्रममा खेलकुद विकास समितिका अध्यक्ष तामाङले कार्यसमितिलाई बधाई दिदैँ खेलकुदका कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्नुभएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |