

धादिङ,२८ बैशाख ।
चौँरी गाईको पुच्छर तस्करी गर्ने चार जना पक्राउ परेका छन् ।
सशस्त्र प्रहरीले महोत्तरीको जलेश्वर नगरपालिका ३ मा रहेको मलिवाडा बसपार्कबाट पाँच सय ५६ वटा चौरी गाईको पुच्छरसहित चार जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा धादिङको गजुरी गाउँपालिका ८ का ३६ वर्षीय उमेशबहादुर बस्नेत, जलेश्वरका विकासकुमार महत्तो, बाराको सिमरा नगरपालिका १ का ६० वर्षीय सुमन मान्नधर र धनुषाको हसपुर नगरपालिका ४ का ३७ वर्षीय मोहमद अजिन रहेका सशस्त्र प्रहरीले जनाएको छ ।
काठमाण्डौबाट जलेश्वर हुँदै मलिवाडा रुटमा चल्ने प्रदेश २–०३–००१ ख १२१५ नम्बरको बसबाट मलिवाडा बसपार्कमा चौरी गाईको पुच्छर निकाली ठेलामा राख्ने क्रममा सशस्त्र प्रहरी बल नेपाल नम्बर ९ गण महोत्तरीले चार जनालाई पक्राउ गरेको हो ।
बरामद भएको चौरी गाईको पुच्छरको बजार मूल्य २८ लाख ३० हजार रुपैयाँ रहेको बताइएको छ । पक्राउ परेकाहरूलाई चौरी गाईको पुच्छरसहित आवश्यक कारबाहीका लागि सशस्त्र वन सुरक्षा शाखा माईस्थान महोत्तरीमा बुझाइएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |