

धादिङ,३० बैशाख।
धादिङको धुनिबेसी नगरपालिका-९ स्थित गणेशस्थानमा गुडिरहेको बसमा आगलागी भएको छ ।
नीलकण्ठ नगरपालिका-१ पात्लेबाट काठमाडौं जाँदै गरेको ग १ ख ४८४६ नम्बरको बसमा वाइरिङ सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालयका धादिङका प्रमुख प्रहरी उपरिक्षक गौमत मिश्रले जानकारी दिनुभयो ।
३३ यात्रु सवार रहेको बसको इन्जिनबाट धुँवा निसक्ने बित्तिकै सबै यात्रुलाई बाहिर निकालेकाले मानवीय क्षति हुन नपाएको मिश्रले बताउनुभयो । बसमा लागेको आगो दमकल, प्रहरी र स्थानीयवासीले नियन्त्रणमा लिएका छन् ।
आगलागीबाट बसको सबै सिट जलेर नष्ट भएका छ भने अगाडि र झ्यालका सबै सिसामा पूर्णरुपले क्षति पुगेको छ ।
बसमा आगलागी भएपछि केहीबेर अवरुद्ध बनेको सडक अहिले सञ्चालनमा आइसकेको प्रहरीले जनाएको छ ।तस्विर:राजाराम डंगोल





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |