

गजुरी,३० बैशाख।
गजुरी गाउँपालिका वडा नं ६ मा शैक्षिक सुधारका बिषयमा जनप्रतिनिधि र शिक्षकहरुबिच अन्तरक्रिया गरिएको छ ।वडामा रहेका ७ वटा बिद्यालयका सबै शिक्षकहरु, बिव्यसका अध्यक्षहरु र सम्बन्धित सरोकारवाला र जनप्रतिनिधिहरु बिच शनिबार अन्तरक्रिया गरिएको हो ।

विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षक अभिभावक संघ लगायत सरोकारवालाहरुको शैक्षिक ज्ञान,सीप तथा क्षमता अभिबृद्धिको मार्फत बालमैत्री वातावरण तयार गरि सिकाई उपलब्धि बृद्धिमा सहयोग गर्न तथा बिद्यालयका सेवा क्षेत्र भित्रका बिद्यालय उमेर समुहका बालबालिकाहरु सिकाई वातावरण सिर्जनामा सहजताको लागि अन्तरक्रिया गरिएको हो ।वडा नं ६ का वडाध्यक्ष भक्त बहादुर तामाङको अध्यक्षतामा भएको कार्यक्रममा ७८ जनाको उपस्थिति रहेको थियोे ।

बिद्यालय कक्षा कोठामा बालमैत्री सामाग्री सहित शिक्षण सहजिकरण र बालबालिकाहरुको शैक्षिक सवालहरु,बिद्यालय आर्थिक पारदर्शिता, बाल अधिकार, बालबालिका र अभिभावकहरु अभिभावक र शिक्षक ,शिक्षक र प्रधानाध्यापक बिचको सम्बन्ध र यसले बालबालिकामा पार्ने प्रभाव र सम्बन्ध सहज र सुमधुर बनाउन सबै पक्षले गर्नुपर्ने कार्य तथा तौरतरिका लगायतका बिषयबस्तुमा अन्तरक्रिया गरिएको थियो ।
शैक्षिक विकास तथा सिकाई उपलब्धि बृद्धि र बालबालिकाहरुलाई बोध सहितको शिक्षण प्रणाली प्रर्वधन गर्न बिद्यालय व्यवस्थापन समिति प्रधानाध्यापक, शिक्षक अभिभावक संघ लगायत बिद्यालयसँग सम्बन्धित सरोकारवालाहरुसँग अन्तरक्रियात्मक कार्यशालाको लागि गरिएको वडाध्यक्ष तामाङले बताउनु भयो ।
बिद्यालय बालमैत्री वातावरण सिर्जना गर्न किन जरुरी छ ? स्थानीय स्तरमा उपलब्धि बस्तुहरुलाई कसरी शैक्षिक सामाग्रीको रुपमा प्रयोग गर्ने ,बालबालिका र पारिवारिक सदस्यको सुमधुर सम्बन्ध,परिवारले बालबालिकालाई गर्नु पर्ने स्याहार तथा हेरचाह , अभिभावकसँग छलफल तथा सचेतना सेसन संचालन बिधि , प्रधानाध्यापक, शिक्षकहरुले के कसरी बालमैत्री विधिबाट शिक्षण गर्नुपर्छ,बिद्यालय व्यवस्थापन समिति ,शिक्षक अभिभावक संघ,शिक्षक, बालबालिकाहरुको भुमिका र उत्तरदायित्व,बिद्यालय विकासमा अभिभावकहरुको भुमिकाका बिषयमा प्रयास नेपाल धादिङ कार्यकारी निर्देशक दामोदर अर्यालले सहजिकरण गर्नु भएको थियोे।

कार्यशाला पछि वडाका ७ वटै बिद्यालयहरुले शैक्षिक सुधार लागि कार्ययोजना तयार गरि कार्यान्वयन गर्ने बताएका छन् ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |