

धादिङ,०१ ज्येष्ठ ।
नेत्रावती डबजोङ गाउँपालिकामा नसर्ने रोगहरुको स्क्रिनिङ सहित निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
गैर सरकारी संस्था महासंघ धादिङको आयोजना, नेत्रावती डबजोङ गाउँपालिका स्वास्थ्य शाखाको समन्वय तथा स्वास्थ्य कार्यालय धादिङ र आईसिडिसिको सहयोगमा संचालन भएको एक दिने शिविरमा २१४ जनाले सेवा लिएका छन् ।
शिविरमा वडा नं. ४ को नेत्रावती डबजोङ अस्पतालमा ३१ जना पुरुष र ७० जना महिला गरी १०१ जनाले स्वास्थ्य परिक्षण गराएका छन्। परिक्षण गराएका मध्ये सुगर र प्रेसरका ३ जनालाई थप उपचारको लागि रेफर गरिएको छ ।
त्यसैगरी वडा नं. ३ को सेमजोङ स्वास्थ्य चौकीमा भएको शिविरमा ४६ जना पुरुष र ६७ जना महिला गरी ११३ जनाले सेवा लिएका छन् । परिक्षण गराएका मध्ये ५ जना बिरामीलाई थप उपचारको लागि रेफर गरिएको छ ।
शिविरमा धादिङ अस्पतालका मेडिकल अधिकृत सविन भण्डारी, नेत्रावती डबजोङ अस्पतालका डा.उत्तम थापा मगर, ल्याब टेक्निसियन किरण थापा मगर लगायत अस्पतालका कर्मचारीहरुले जाँच गरेका थिए ।
शिविरमा गाउँपालिकाका अध्यक्ष मेघनाथ रिजाल, उपाध्यक्ष सिता माया गुरुङ, स्वास्थ्य शाखा प्रमुख कृष्ण बद्री पौडेल, आइसिडिसिका राजन दुवाडी लगायतको आतिथ्य रहेको थियो।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |