

धादिङ,०५ ज्येष्ठ ।
धादिङको गजुरी गाउँपालिका–६ आदमघाटमा विपद पुर्व तयारी तथा प्रतिकार्य अभ्यास गरिएको छ ।
बिहीबार सशस्त्र प्रहरी बल, आश्रित गुल्म धादिङको आयोजना तथा व्यवस्थापन र शिवदल गण गजुरी व्यारेक, जिल्ला प्रहरी कार्यालय, गजुरी गाउँपालिका, रेडक्रस सोसाईटी जिल्ला शाखा धादिङको सहयोग तथा समन्वयमा विपद पुर्व तयारी तथा प्रतिकार्य संयुक्त अभ्यास गरिएको हो ।
पहिरोबाट बच्ने उपाय, पहिरोमा परेकाहरुको उद्धार कसरी गर्ने भन्ने लगाएतका बिषयमा नमूना अभ्यास गरिएको हो ।अभ्यास प्रदर्शनीको क्रममा पहिरो जाँदा वेपत्ता भएका चारजनाको उद्धार गरी उपचारार्थ अस्पताल लगिएको नाटक गरिएको थियो।
पहिरोले घाईते भएकाहरुलाई सशस्त्र प्रहरी बल, नेपाली सेना, र नेपाल प्रहरीको टोलीले घट्नास्थलबाट उद्धार गरी अस्पताल पठाएको तथा बेपत्ताको खोजी गरेको देखाइएको थियो।
संयुक्त अभ्यासले जिल्ला स्तरमा उपलब्ध क्षमता,मानवीय सहायतामा संलग्न निकायहरुको पहिचान, प्रतिकार्यको साझा मापदण्ड तयार र खोज तथा उद्धार टोलीको क्षमता अभिवृद्धि गर्ने विश्वास गरिएको छ ।
कृतिम घटना अभ्यास कार्यक्रममा गाउँपालिकाका अध्यक्ष गणेश लाल श्रेष्ठ, उपाध्यक्ष सर्मिला विसुराल, वडाअध्यक्षहरु, रेडक्रसकर्मी, स्थानीय युवा, तथा अन्य सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |