

धादिङ,०५ ज्येष्ठ ।
धादिङका प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैरेले जिल्लामा भएका कानुन विपरितका गतिबिधी नियन्त्रण गर्ने बताउनुभएको छ ।
बिहिबार पत्रकार र प्रजिअबिच भेटघाट तथा छलफल कार्यक्रममा बोल्दै गैरेले धादिङमा हुने गरेको कानुन विपरितका गतिबिधी नियन्त्रण गर्ने बताउनुभएको हो ।
उहाँले विकास निर्माणका गतिविधि, प्रशासनिक काम कारवाही, शान्ति सुरक्षा जस्ता नागरिकसँग सरोकार राख्ने बिषयबस्तुमा सुधार गर्दै जाने बताउनुभयो । उहाँले बिगतका सकारात्मक कार्यहरुलाई निरन्तरता दिने र केही कमी कमजोरीलाई सुधार्दै लैजाने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ ।
प्रशासनबाट सेवाग्राहीलाई सहजतापुर्वक सेवा प्रवाह गर्न तर्फ आफु सम्बेदनशिल रहेको भन्दै काँही कतै समस्या देखिएमा तत्काल जानकारी गराउन पनि आग्रह गर्नुभएको छ ।
शान्ति, सुशासन, विकास र समृद्धि हासिल गर्न सुधार्नुपर्ने कुराहरुमा खबरदारी गर्दै सकारात्मक क्रियाकलापलाई निष्पक्ष रुपमा जनताको माझमा पु¥याउन पनि सञ्चार माध्यमलाई आग्रह गर्नुभयो।
प्रशासनले हेर्ने कार्य क्षेत्र धेरै रहेको भन्दै उहाँले राजमार्ग क्षेत्रमा सञ्चालित होटलहरुको अनुगमन गर्ने, नदिजन्य पदार्थ उत्खनन् तथा ओसारपसार नियन्त्रण गर्ने ,अबैध खानिजन्य जडिबुटी ओसारपसार नियन्त्रण गर्ने बताउनुभयो ।
सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद अधिकारीले सहजिकरण गर्नुभएको कार्यक्रममा धादिङका बिभिन्न सञ्चारमाध्यममा आवद्ध सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |