

धादिङ,०९ ज्येष्ठ।
नीलकण्ठ नगरपालिका ३ धादिङबेशीस्थित सितलबजार खण्डको मुल सडक तत्काल बनाउन स्थानियले माग गरेका छन् ।
मुल सडक नै विगत ५÷६ वर्षदेखि जोखिमपूर्ण अवस्थामा रहँदा पनि सरोकारवालाले चासो नदेखाएको भन्दै स्थानियले सरोकारवालालाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।
मंगलबार स्थानीय जनसमुदाय, विभिन्न संघ संस्था, टोल विकास संस्था लगाएत सबै टोलवासीहरुले हस्ताक्षर गरि प्रमुख जिल्ला अधिकारी वद्रीनाथ गैरे, जिल्ला समन्वय समिति प्रमुख नवराज अधिकारी र नीलकण्ठ नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएका हुन्।
जोखिमपूर्ण अवस्थामा रहेको सडकलाई मर्मत तथा पुननिर्माण गर्न सम्बन्धीत निकायहरुलाई पटक पटक प्रताव पेश गर्दा पनि वेवास्ता गरेको स्थानीयको गुनासो छ ।
सडक भासिदा सवारी आवातजावत समस्यासँगै बस्ती समेत जोखिममा रहेको हुनाले पहिलाको ग्याबिङ जाली हटाई पुनः सडक निर्माण गर्न माग गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले समन्वय समितिको बैठकमा कुरा उठाएर अघि बढ््ने आश्वासन दिनुभएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |