

धादिङ,१० ज्येष्ठ।
उत्तरी धादिङको खनियाबास गाउँपालिकाका महिलालाई आत्मनिर्भर बनाउन सिलाई कटाई सम्बन्धी तालिम दिइएको छ ।
स्थानिय श्रोत, साधन, सिप र उद्यमशिलताबाट आय आर्जनमा वृद्धि, खनियाबास गाउँबासीको समृद्धि भन्ने नारा सहित खनियाबास उद्यमशीलता विकास परियोजना अन्तरगत गाउँपालिकाको आयोजनामा वडा नं ३ मानेचेतका महिलाहरुलाई ४५ दिने सिलाई कटाई सिप विकास तालिम दिईएको हो ।
२०७९ चैत ३ गतेदेखी २०८० बैशाख १८ गतेसम्म सञ्चालन भएको तालिममा २५ जना महिलाहरु सहभागी थिए ।गाउँपालिकाले एक कार्यक्रमका बिच तालिममा सहभागीहरुलाई सिलाई मेसिन वितरण गरेको छ ।
सहभागीहरुको २० प्रतिशत लागतमा गाउँपालिकाले २५ वटा सिलाई मेसिन खरिद गरी प्रदान गरेको योजना तथा प्रशासन सहायक पुस्कल श्रेष्ठले बताउनु भयो ।
सिलाई मेसिन वितरण गर्दै गाउँपालिकाका अध्यक्ष रण बहादुुर तामाङले सिलाइ कटाइ तालिम जीवन उपयोगी हुने भएकोले सिकेको सीप व्यवहारमा उतार्न सहभागिहरुलाई आग्रह गर्नुभयो ।
मानिसलाई सिपले स्वरोजगार बनाउने र जीवनमा परिवर्तन हुने भन्दै अध्यक्ष तामाङले श्रम र सिपले आय आर्जन गर्न सकिने भएकाले सिप हुने मानिस जहिले पनि समाजमा सम्मानित हुने बनाउनुभयो ।
कार्यक्रममा बोल्दै गाउँपालिकाका उपाध्यक्ष सेक्केमान तामाङले सहभागिताहरु आफैले छानेको तालिम भएकोले आर्थिक उपार्जनमा महत्वपूर्ण योगदान पु¥याउने बताउनु भयो ।
कार्यक्रममा सहभागिहरुले सिकाई राम्रो भएकाले स्वरोजगार बन्न महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए । यो तालिम बेसिकमात्रै भएकाले अझै एडभान्स कोर्सको तालिम दिन आग्रह गरेका थिए ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |