

धादिङ,१० जेठ।
७९ वर्षीया बृद्धा बलात्कार घटनाका आरोपित गल्छीका नेत्रबहादुर तामाङलाई ९ वर्षपछि ६ वर्ष कैदको फैसला गरेको छ ।
अदालतले २ वर्ष भन्दा बढीसमय मुद्दा फैसला गर्नेसमय राख्न नहुने बताएपनि निरन्तर सुनुवाई गर्नुपर्ने विषयको बलात्कार मुद्दाको फैसला हुनका लागि ९ वर्षसम्म समय लागेको छ ।
धादिङ जिल्ला अदालतका न्यायधिस स्वीकृति पराजुलीको इजलासले मंगलबार उक्त घटनाका आरोपित गल्छी गाउँपालिका–५ का ५९ बर्षिय लप्टन भन्ने नेत्रबहादुर तामाङलाई तामाङलाई ६ वर्ष कैद गर्ने फैसला गर्नुभएको हो ।
जिल्ला अदालतले बलात्कार गर्नेलार्ई ६ वर्ष जेल सजाय, पीडितलाई १ लाख रुपैयाँ क्षतिपूर्ति दिन र पीडित राहत कोषमा १ हजार २ सय रकम तिर्नुपर्ने अन्तिम फैसला भएको जिल्ला अदालतका श्रेस्तेदार खुम भण्डारीले जानकारी दिनुभयो ।
१८ औँ पेसीमा मुद्दा फैसला भएको देखिन्छ ।०७० चैत ३ गते तत्कालिन अवस्थामा ७० वर्षीया बृद्धालाई बलात्कार गरेका आरोपित विरुद्ध पीडित पक्षले ०७१ बैशाख ४ गते सरकारी वकिल कार्यालय मार्फत जबरजस्ती करणी मुद्दा दर्ता भएको थियो ।
पीडित पक्षले उजुरी दिएपनि आरोपित फरारभएका कारण ०७१ मंसिर १० गतबाट मुद्दालाई मुल्तवीमा राखिएको थियो ।हरेक दुई वर्षमा मुल्तबीमा राखिएको मुद्दालाई अदालतले जगाउने गरेको छ ।
लामो समय मुल्तबीमा रहेकोमुद्दाको जिल्ला अदालतले ०७९ फागुन १५ गते पुनः मुद्दा जगाएपछि फैसला भएको हो ।घटनामा संलग्न तामाङ हाल पनि फरार छन् ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |