

धादिङ,१२ ज्येष्ठ ।
धादिङमा राष्ट्रिय परिचयपत्रको अनलाईन आवेदन फाराम अब जिल्ला प्रशासन कार्यालयबाटै हुने भएको छ ।
शुक्रबार प्रशासनले एक सूचना जारी गर्दै प्रशासनमा राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा लिन आउने सेवाग्राहीले बाहिरबाट अनलाईन फाराम भरी आउँदा थप रकम तिर्नुपर्ने बाध्यताको अन्त्य गर्न र सेवाग्राहीलाई छिटो, छरितो तथा सुलभ रुपमा सेवा उपलब्ध गराउन जेठ १५ गतेदेखी जिल्ला प्रशासन कार्यालयको हाताभित्रबाटै अनलाईन आवेदन फाराम भरिदिने व्यवस्था गरिएको जनाएको छ ।
प्रशासनले वडाको सिफारिस भएको विषयमा थप निवेदन आवश्यक नपर्ने पनि व्यवस्था गरेको छ । बिहिबारमात्रै एक सूचना निकालेर सेवाग्राहीलाई दोहोरो निवेदन लेख्ने झन्झट हुन नदिन, निवेदन लेखाउन थप रकम तिर्नुपर्ने बाध्यताको अन्त्य गर्न र सेवा प्रवाहलाई छिटो छरितो र सरल बनाउन स्थानीय तहका वडा कार्यालयहरुबाट सिफारिस भई आएका विषयमा थप निवेदन लेख्नुपर्ने अवस्थाको अन्त्य गरिएको जनाएको छ ।
वडाको सिफारिस भएका विषयमा निवेदन लेखिरहनु नपर्ने भएपनि त्यसका लागि आवश्यक कागजात भने अनिवार्य रहेको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेद्धारा जारी सूचनामा भनिएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |