

धादिङ,१४ ज्येष्ठ ।
जिल्ला होटल संघ धादिङले अघोषित लोडसेडिङ बन्द गर्न माग गरेको छ ।
आईतबार जिल्ला होटल संघ धादिङका अध्यक्ष राम शरण सिलवाल नेतृत्वको टोलीले अघोषित लोडसेडिङले होटेल व्यावसायीहरु अत्यधिक मारमा परेको भन्दै सहज विद्युत आपूर्तिको व्यवस्था गर्न माग गर्दै नेपाल विद्युत प्राधिकरण जिल्ला शाखा धादिङलाई ज्ञापन पत्र बुझाएको छ ।
बिगत ३,४ महिना अघिदेखि बिद्युत प्राधिकरणबाट दैनिक रुपमा अघोषित लोडसेडिङ भइ रहेको र पटक पटक अघोषित लोडसेडिङको कारणले मुख्य त होटेल व्यावसायीहरु अत्यधिक मारमा परेको जनाएको छ ।
२४ घन्टा फृजमा राख्नुपर्ने कच्चापदार्थहरु धेरै मात्रा मा नोक्सानि हुनुका साथै पटक पटक बिद्युत आउने जाने भइ रहदा हाई भोल्टेजको कारण बिद्युतिय उपकरणहरुमा ठुलो क्षती पुगेकोले व्यावसायीहरुको क्षती न्यूनीकरण गर्नको लागि पटक पटक भईरहने अघोषित लोडसेडिङ अन्त्य गराउन ज्ञापन पत्रमा भनिएको छ ।
साथै बिद्युत बन्द गर्नुपर्ने अवस्थामा पूर्व सूचना जारी गरि बिद्युत आपूर्ति बन्द गर्न पनि अनुरोध गरेको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |