

धादिङ,१४ ज्येष्ठ ।
महिनावारी स्वच्छता दिवस र गणतन्त्र दिवसको अवसरमा एड्भान्स एकेडेमीमा विविध गतिविधि सञ्चालन गरिएको छ ।
हरेक वर्ष मे २८ तारिखमा मनाईने महिनावारी स्वच्छता दिवसको अवसरमा कक्षा छ देखि दशसम्मका विद्यार्थीहरूको लागि विद्यालयमा रहेको युवा रेडक्रस सर्कलद्वारा महिनावारी स्वच्छता व्यवस्थापन तथा वैकल्पिक सेनेटरी प्याड बनाउने तालिम सञ्चालन गरिएको हो ।
त्यस्तै गणतन्त्र दिवसको अवसरमा विद्यालयको अङ्ग्रेजी विभागद्वारा कक्षा एकदेखि पाँचसम्मका विद्यार्थीहरूको लागि वक्तृत्वकला प्रतियोगिता सञ्चालन गरिएको थियो ।वक्तृत्वकला अन्तर्गत कक्षा एक र दुईका विद्यार्थीहरूबिच भएको प्रतियोगितामा परिधि भट्ट प्रथम, द्वितीय स्मारिका श्रेष्ठ र कुन्दन भण्डारी तृतीय भएका थिए भने कक्षा तीनदेखि पाँचसम्मको प्रतियोगितामा सुप्रिया कोइराला प्रथम, रोजिना तामाङ द्वितीय र कृतिका ढकाल तृतीय भएका थिए ।
कार्यक्रममा आफ्नो मन्तव्य राख्दै विद्यालयका प्रधानाध्यापक भिम बहादुर श्रेष्ठले विद्यालयमा पठनपाठनलाई समेत गतिविधिमा आधारित बनाइने र यसले विद्यार्थीहरूको सिकाइमा सकारात्मक प्रभाव पारेको जानकारी दिए । उनले गणतन्त्र दिवसको अवसरमा सम्पूर्ण विद्यार्थी, अविभावक, शिक्षक तथा सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गरे ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |