

१६ जेठ । धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं २ मासखर्कस्थित जौलाखाईमा भिरबाट लडेर आमाछोराको मृत्यु भएको छ।
मृत्यु हुनेमा स्थानीय १९ वर्षीया अप्सरा चेपाङ र उनका दुई वर्षीय छोरा साजन रहेका छन् । सोमबार अपरान्ह कात्तिकेचुली जङ्गलमा छोरासहित घाँस काट्न गएको बेला छोरा भिरबाट लडेपछि छोरालाई उद्दार गर्न जाँदा अप्सरा पनि लडेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।
करिब ५० मिटर अग्लो भिरबाट लडेर घाईते भएकी उनलाई ४ घण्टापछी मलेखु टिचिङ अस्पताल ल्याईएको र अस्पताल आइपुग्नासाथ डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।उनी ७ महिनाको गर्भवतीसमेत थिईन् ।
प्रहरीका अनुसार बालकको भने घटानास्थलमै मृत्यु भएको हो । अप्सराको शवलाई मलेखु टिचिङ अस्पतालमा राखिएको र पोस्टमार्टमपछि आफन्तलाई जिम्मा लगाइने प्रहरीले जनाएको छ ।तस्विर नारायण सिलवाल





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |