

फुलखर्क,१८ जेठ।
गंगाजमुना गाउँपालिकाका जनप्रतिनिधि तथा सरोकारवालालाई बालमैत्री स्थानिय शासन अवलम्वनसम्बन्धि अभिमुखिकरण कार्यशाला सञ्चालन गरिएको छ ।
गाउँपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको आयोजनामा बुधबार गाउँपालिकाका जनप्रतिनिधि, शाखागत कर्मचारी तथा सरोकारवालाहरुको लागि बालमैत्री स्थानीय शासन अबलम्बन तथा घोषणा सम्बन्धि अभिमुखिकरण कार्यशाला सञ्चालन गरिएको हो ।
कार्यशालामा गाउँपालिका अध्यक्ष भक्त बहादुर लामाले बालबालिकाहरुको सर्वाङ्गिण विकासको लागि गाउँपालिकाले जिम्मेवारीपुर्वक कार्य गर्दै आएको बताउनुभयो।
गंगाजमुना बालमैत्री स्थानीय शासन अबलम्बनका न्युनतम सुचकहरु पुरा गर्न सबै सरोकारवाला एकताबद्ध भएर घरघर,टोलटोलमा बालमैत्री व्यवहार अबलम्बन गरी बालबालिकाहरुको अधिकार र शैक्षिक उपलब्धि तथा संस्कारयुक्त शिक्षामा केन्द्रित अभियानमा लागि परेको बताउनु भयो ।
अध्यक्ष लामाले बालमैत्री स्थानीय शासन अबलम्वन तथा घोषणा गर्ने कार्य भनेको बालबालिकाको सर्वाेत्तम हित, सर्वाङ्गिण विकास र अर्थपूर्ण सहभागीताको सिद्धान्तमा आधारित सवालहरुलाई स्थानीय तहको निति, योजना, संरचना र कार्य प्रक्रियामा संस्थागत गर्ने शासकीय पद्धती भएकोले यसलाई कार्यान्वयन गर्ने जिम्मेवारी पनि स्थानीय तहको भएकोले गाउँपालिकाले बालमैत्री स्थानीय शासन घोषणाको लागि वडागत रुपमा अभियानको रुपमा अगाडि बढाउन लागिएको बताउनु भयो ।
कार्यक्रममा महिला तथा बालबालिका शाखा प्रमुख उषा लामिछानेले गाउँपालिकामा बालमैत्री स्थानीय शासनको ५१ वटा सुचकहरु पुरा गर्दै क्रमागत रुपमा वडा तथा पालिकालाई बालमैत्री गाउँपालिका घोषणा गर्ने अभियानमा रहेको बताउनुभयो ।
बालमैत्री स्थानीय शासनको अवधारणा कार्यान्वयन रणनीति सम्बन्धि ज्ञान,सिप तथा क्षमता अभिवृद्धि घर परिवार,टोल बस्ती,वडा हुँदै पालिकालाई नै बालमैत्री बनाउन अभियानलाई सार्थकता दिने उद्धेश्य पूरा गर्न सम्बन्धित सरोकारवालाहरुको लागि अभिमुखिकरण गरिएको बताउनुभयो।
गाउँपालिका बालबालिका समिति संयोजक भद्र कुमारी रोक्काको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष लामाको प्रमुख आतिथ्यता,उपाध्यक्ष रामेश्वर सिंखडाको विशेष आतिथ्यता रहेको थियो । कार्यशालामा प्रमुख प्रशासकीय अधिकृत अनिल श्रेष्ठ,वडाध्यक्षहरु कुमार अधिकारी,प्रेम बहादुर घले लगायत कार्यपालिका सदस्यहरु,पालिकाको बिषयगत शाखाका कर्मचारी, विद्यालय प्रधानाध्यापकहरु,स्वास्थ्य संस्था प्रमुख, सहकारीका प्रतिनिधिहरु, महिला समुह,बालक्लबका प्रतिनिधिहरु तथा अन्य सरोकारवालाहरुको सहभागीता रहेको थियो ।
अभिमुखिकरण कार्यशालामा बालमैत्री स्थानीय शासन अवधारणा,बालमैत्री गाउँपालिकाको लागि बालबालिका सम्बन्धि कार्यान्वयन निर्देशिका २०७८ अनुसारको कार्यान्वयनका तहगत खुड्कीलाहरु, बालमैत्री स्थानीय शासनको ५१ वटा सुचकहरु, बिद्यालय तथा समुदाय तहमा बाल समूह पुर्नगठन तथा परिचालन,बालबालिकामा लगानी योजना लगायत बिषयमा गैरसरकारी संस्था महासंघका बागमती प्रदेशका निवर्तमान अध्यक्ष तथा प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले सहजिकरण गर्नु भएको थियो।
अभिमुखिकरण कार्यक्रममा सहभागीहरुले बालमैत्री स्थानीय शासन कार्यान्वयनमा सहकार्य गर्ने प्रतिबद्धता गर्नुभएको अभिमुखिकरण कार्यक्रम संचालनको लागि निर्देशिका बमोजिम गाउँपालिका अध्यक्ष लामाको अध्यक्षतामा ३१ सदस्यीय बालमैत्री स्थानीय शासन पालिका स्तरिय समिति गठन गरिएका महिला बालबालिका शाखा प्रमुख लामिछानेले जानकारी दिनुभयो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |