

धादिङ,२३ जेठ ।
विश्व वातावरण दिवसको अवसरमा धादिङमा विविध कार्यक्रम गरी मनाईएको छ ।
’प्लास्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ’ भन्ने नाराका साथ मनाइएको हो ।सोमबार धादिङका प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैह्रे, डिभिजन वन कार्यालय धादिङका डिभिजनल वन अधिकृत अजय विक्रम मानन्धर, जिल्ला प्रहरी कार्यालयका प्रमुख (एसपी) गौतम मिश्र, नेपाल टोल विकास महासंघका अध्यक्ष नरबहादुर श्रेष्ठ, सामुदायिक वन उपभोक्ता महासंघ धादिङका अध्यक्ष भवनाथ अधिकारी, नेपाल रेडक्रस सोसाईटीका नारायण कुमार श्रेष्ठ, डिभिजन वन कार्यालय धादिङका सहायक वन अधिकृतद्वय लोकनाथ लम्साल र टंकनारायण श्रेष्ठ, पशुपति टोल बिकास संस्थाका अध्यक्षसूर्य बहादुर थापा लगायत नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी, विभिन्न बिद्यालयका विद्यार्थी, वन कर्मचारी लगायतको सहभागितामा पशुपति मन्दिर परिसर तथा धादिङबेसी बजारमा प्लाष्टिक फोहोर संकलन गरी बिसर्जनको लागि पठाइएको थियो ।
कार्यक्रममा वन अधिकृत अजय विक्रम मानन्धरले डिभिजन वन कार्यालयको तर्फबाट सजिलै कुहिने वातावरणमैत्री झोला वितरण गर्नुभएको थियो ।
सोही अवसरमा मानन्धरले डिभिजन वन कार्यालय धादिङ परिसरको नव निर्मित बहुउद्देश्यीय बगैँचामा धूपी रोप्नुभएको थियो । साथै वन कार्यालयको सहयोगमा भष्मे दार्मे सामुदायिक वन उपभोक्ता समूहमा संचालित दुना टपरी बनाउने तालिमको अनुगमनको साथै तालीम प्रशिक्षार्थीहरूलाई पर्यावरण मैत्री झोला वितरण गर्नुभएको थियो ।
प्लाष्टिक प्रदूषणले विश्वमा असर परिरहेको भन्दै यसपालि प्लाष्टिकको प्रयोगलाई रोकथाम गर्न प्ररित गर्ने उद्देश्यले दिवसको नारा तय गरिएको हो। प्लाष्टिक प्रदूषण रोकथाम गर्न भन्दै नेपालले २०७२ सालदेखि नै ४० माइक्रोन भन्दा पातला प्लाष्टिकको प्रयोगमा रोक लगाएको छ । तर, यो कार्यान्वयन भने हुन सकेको छैन ।
नेपालको संविधानमा हरेक नागरिकलाई स्वच्छ वातावरणको मौलिक हकको प्रत्याभूत गर्नुको साथै पीडित पक्षले कानुनबमोजिम क्षतिपूर्ति पाउने व्यवस्था छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |