

बसेरी,२५ जेठ ।
गंगाजमुना गाउँपालिका वडा नं ६ का सरोकारवालाको लागि बालमैत्री स्थानीय शासन अबलम्बनसम्बन्धि अभिमुखिकरण कार्यशाला सञ्चालन गरिएको छ ।
गाउँपालिकाको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको आयोजनामा बुधबार वडा नं ६ का जनप्रतिनिधि, शाखागत कर्मचारी तथा सरोकारवालाहरुको लागि बालमैत्री स्थानीय शासन अबलम्बन तथा घोषणा सम्बन्धि अभिमुखिकरण कार्यशाला सञ्चालन गरिएको हो ।
कार्यक्रममा वडाध्यक्ष रमेश ढकालले बालबालिकाहरुको सर्वाङ्गिण विकासको लागि जिम्मेवारीपुर्वक कार्य गर्दै आएको बताउनुभयो। वडाहरुलाई बालमैत्री स्थानीय शासन अबलम्बनका न्युनतम सुचकहरु पुरा गर्न सबै सरोकारवाला एकताबद्ध भएर घरघर,टोलटोलमा बालमैत्री व्यवहार अबलम्बन गरि बालबालिकाहरुको बाल अधिकार र शैक्षिक उपलब्धि र संस्कारयुक्त शिक्षा केन्द्रित अभियानमा लागि परेको बताउनुभयो ।
साथै बालमैत्री स्थानीय शासन अबलम्वन तथा घोषणा गर्ने कार्य भनेको बालबालिकाको सर्वाेत्तम हित ,सर्वाङ्गिण बिकास र अर्थपूर्ण सहभागीताको सिद्धान्तमा आधारित सवालहरुलाई स्थानीय तहको निति , योजना , संरचना र कार्य प्रक्रियामा संस्थागत गर्ने शासकीय पद्धति भएकोले यसलाई कार्यान्वयन गर्ने जिम्मेवारी पनि वडा सरकारको भएकोले गाउँपालिकालाई बालमैत्री स्थानीय शासन घोषणाको लागि वडावडामा अभियानकै रुपमा संचालन गर्न लागिएको बताउनुभयो ।
कार्यक्रममा महिला,बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख उषा लामिछानेले गाउँपालिकामा बालमैत्री स्थानीय शासनको ५१ वटा सुचकहरु पुरा गर्दै क्रमागत रुपमा वडा तथा पालिकालाई बालमैत्री गाउँपालिका घोषणा गर्ने अभियानमा रहेको बताउनुभयो ।
कार्यक्रममा वडा सदस्यहरु,बिद्यालय प्रधानाध्यापकहरु, स्वास्थ्य संस्था प्रमुख,सहकारीका प्रतिनिधिहरु , महिला समुह, बालक्लबका प्रतिनिधिहरु तथा अन्य सरोकारवालाहरु लगाएतको सहभागीता रहेको थियो।
अभिमुखिकरण कार्यक्रममा बालमैत्री स्थानीय शासन अबधारणा, बालमैत्री गाउँपालिकाको लागि बालबालिका सम्बन्धि कार्यान्वयन निर्देशिका २०७८ अनुसारको कार्यान्वयनका तहगत खुड्किलाहरु, बालमैत्री स्थानीय शासनको ५१ वटा सुचकहरु, बिद्यालय तथा समुदाय तहमा बाल समूह गठन,पुर्नगठन तथा समुदाय परिचालन, बालबालिकामा लगानी योजना लगायत बिषयमा गैरसरकारी संस्था महासंघका बागमती प्रदेशका निबर्तमान अध्यक्ष तथा प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले सहजिकरण गर्नुभएको थियो ।
कार्यक्रममा सहभागीहरुले बालमैत्री स्थानीय शासन कार्यान्वयनमा सहकार्य गर्ने सामुदायिक प्रतिबद्धता व्यक्त गरेका छन् ।
अभिमुखिकरण कार्यक्रम कै क्रममा बालमैत्री स्थानीय शासन निर्देशिका २०७८ बमोजिम गंगाजमुना गाउँपालिका वडा नं. ६ को वडाध्यक्ष रमेश ढकालको अध्यक्षताका १५ सदस्यीय बालमैत्री स्थानीय शासन वडा स्तरीय समिति गठन समेत गरिएको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |