

धादिङ,२५ ज्येष्ठ ।
सिद्धलेक गाउँपालिकामा दलित, एकल महिला, सिमान्तकृत तथा विपन्न परिवारलाई बाख्रा वितरण गरिएको छ ।
लक्षितवर्गको जिविकोपार्जनको लागि बुधबार गाउँपालिकाको पशु शाखाले बाख्रा वितरण गरेको हो । गाउँपालिकाकी उपाध्यक्ष सविता अर्यालले ७ वडाका ३४ जनालाई २ वटाको दरले बाख्रा वितरण गर्नुभएको पशु सेवा शाखाकी पशु प्राविधिक हिरामाया तामाङले बताउनुभयो।
विपन्न वर्गका किसानको आयआर्जनमा वृद्धि गर्न र बाख्रा पालनबाट किसानहरूको आर्थिक जीवनस्तर माथि उठाउनका लागि बाख्रा वितरण गरिएको तामाङले बताउनुभयो ।
वितरण गरिएका बाख्राहरुको स्याहारसुसारमा उत्कृष्ट हुनेलाई आगामी वर्ष पुरस्कृत समेत गरिने पशु प्राविधिक तामाङले बताउनुभयो।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |