

धादिङ,२६ जेठ ।
गर्मी बढेपछि धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाका बिद्यालय बन्द भएका छन् ।
अत्यधिक गर्मीका कारण त्रिपुरासुन्दरी गाउँपालिकाले आफ्नो क्षेत्रका विद्यालय बन्द गर्न निर्देशन दिएको छ।बिहिबार एक सूचना जारी गर्दै गाउँपालिकाले विगत केही दिन देखि अत्याधिक रुपमा बढेको गर्मीबाट विद्यालयमा पठनपाठन गराउन समस्या हुनुका साथै केही विद्यालयका विद्यार्थीहरुमा स्वास्थ्यमा समस्या समेत देखिन थालेकोले पठनपाठन बन्द गर्न अनुरोध गरेको छ ।
बढी गर्मी हुने स्थानका विद्यालयहरुले वर्षे बिदाबाट कट्टा हुने गरी आजदेखि ३० गतेसम्मको लागि पठनपाठन बन्द गर्न प्रमुख प्रशासकिय अधिकृत भिमप्रसाद पराजुलीद्धारा जारी सुचनामा भनिएको छ ।
गर्मीका कारण बालबालिकाहरु बिरामी पर्न थालेकाले अत्यधिक गर्मी हुने स्थान आरुघाट, सल्यान्टार र खहरेका बिद्यालयहरु आजदेखी बन्द गरिएको गाउँपालिकाका सूचना अधिकारी एबं सूचना प्रबिधि अधिकृत सुरेश रिजालले जानकारी दिनुभयो ।
अन्य गर्मी कम हुने स्थानका बिद्यालयहरुमा भने नियमित पढाई हुने सूचना अधिकारी रिजालले बताउनुभयो ।
हाल देशका बिभिन्न स्थानमा गर्मी बढेपछि धमाधम बिद्यालयहरु बन्द गर्न थालिएको छ ।स्थानिय तहहरुले विद्यालयलाई आगामी समयमा हुने बर्खे बिदाबाट कट्टा हुने गरी हाललाई विद्यालय बन्द गर्न निर्देशन दिईरहेका छन् ।
गर्मीका कारण बालबालिकाहरु बिरामी पर्न थालेका छन् । दिनको तापक्रम ४० डिग्रीसम्म पुग्ने गरेको छ ।गर्मी र खानपानका कारण झाडापखालाले बालबालिका प्रभावित हुन थालेका चिकित्सकहरुले बताएका छन् ।
अत्यधिक गर्मीका कारण कतिपय बालबालिका विद्यालयमै बिरामी पर्न थालेको विद्यालय प्रशासनले जनाएको छ । विद्यार्थीमा ज्वरो आउने, टाउको दुख्ने र बान्ता समेत हुने गरेको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |