

सल्यानटार,२८ जेठ ।
त्रिपुरासुन्दरी गाउँपालिकामा बाल भेला आयोजना गरिएको छ ।
बाल भेलाले १९ सदस्यीय गाउँपालिका स्तरीय बालक्लब संञ्जाल गठनसँगै बालबालिकाहरुको क्षेत्रमा गाउँपालिकाबाट गनुपर्ने १६ बुँदे प्राथमिकता समेत पारित गरेको छ।
शुक्रबार बालभेलाले पारित गरेको १६ बुँदे प्राथमिकता सहितको ध्यानाकर्षण पत्र गाउँपालिका उपाध्यक्ष देवराज धरेललाई हस्तान्तरण गरेका छन् । यसैगरी बाल भेलाले १९ सदस्यीय गाउँ बाल क्लब संजाल गठन गरेको छ ।
भिमोदय माविकी छात्रा अनु रुवालीको अध्यक्षतामा गठन भएको बाल क्लब संजालमा ८ जना पदाधिकारी र ११ जना सदस्य चयन गरेको छ ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले समेत स्थानीय सरकारले बालअधिकार सुनिश्चित गर्नका निम्ति स्थानीय सरकारले स्थानीय तहको योजना तर्जुमा गर्दा बालक्लव र बालबालिकाको सहभागीता सुनिश्चित गर्नुपर्ने कुराको उल्लेख भए बमोजिम बाल भेला गरिएको महिला,बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख मिना देवकोटाले बताउनुभयो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष राज उप्रेतीले वडा, गाउँपालिकामा अब बन्ने वार्षिक योजना तर्जुमाका चरणहरूमा बालबालिकाको सहभागीता अनिवार्य गरिने बताउनुभयो । त्यस्तै उपाध्यक्ष देवराज धरेलले बालबालिका एक ठाउँमा जम्मा भई उनीहरूको समस्या, आवश्यकता र चाहनाहरूका बारेमा विचार राख्ने अवसर सृजना गरेको बताउनु भयो ।
बालबालिकाको सर्वोत्तम हित हुनेगरी कार्य गर्ने अवसर सृजना गर्ने भएकोले पनि गाउँपालिकाले बाल भेला आयोजना गरेको गाउँपालिका प्रवक्ता कुश बहादुर सिटौलाले बताउनुभयो।
चुलिदेवी माविका छात्रा सरुना गरुङको अध्यक्षतामा भएको बालभेलामा गाउँपालिका अध्यक्ष उप्रेतीको प्रमुख आथिथ्यता रहेको थियो। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत भीम प्रसाद पराजुली,वडाध्यक्षहरु,विभिन्न बिद्यालयका बालक्लबका सहयोगी शिक्षकहरुको सहभागी रहेको थियो । विद्यालय,वडा स्तरीय बालक्लब हुँदै छनौट भई आएका ४५ जना बालबालिकाहरुको सहभगीता रहेको २ दिने बालभेलाको बाल अधिकार अभियन्ता दामोदर अर्यालले सहजिकरण गर्नु भएको थियोे ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |