

धादिङ,२९ जेठ।
प्रथम एनटीए लिग च्याम्पियनमा धादिङले एक स्वर्ण र एक रजत पदक जित्न सफल भएको छ ।
नेपाल तेक्वान्दो संघको आयोजनामा जेठ २६ गतेदेखी २८ गतेसम्म काठमाडौँमा भएको प्रतियोगितामा धादिङका राजु तामाङले स्वर्ण पदक र सुमन घलेले रजत पदक जितेको धादिङ जिल्ला तेक्वान्दो संघका अध्यक्ष प्रदिप गिरीले जानकारी दिनुभयो ।
प्रतियोगितामा ४१ केजी तौल तर्फ धादिङका राजु तामाङले ६ जना प्रतिस्पर्धी लाई पराजित गर्दै स्वर्ण जितेका हुन् भने सुमनले पाँचौं खेल जितेपनि छैटौं खेलमा पराजित हुँदा रजत पदकमै रोकिएको गिरीले बताउनुभयो ।
प्रतियोगितामा धादिङका ४ जना सहित देशभरबाट १ हजार खेलाडी सहभागी थिए ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |