

बिशालटार,३२ जेठ ।
धादिङको बेनिघाट रोराङ गाउँपालिकाले बालश्रममुक्त पालिका बनाउने अभियान शुरु गरेको छ ।‘बालबालिकालाई श्रमीकको रुपमा प्रयोग नगरौ र नगराऔ,शिक्षामा जोड दिऔ’ भन्ने मुख्य सन्देशसहित गाउँपालिकाले बुधबारदेखी बालश्रममुक्त पालिका अभियान शुरु गरेको हो ।
बालश्रममुक्त गाउँपालिका बनाउने अभियान अन्तरगत बुधबार गाउँपालिकाको आयोजना तथा जिल्ला होटल सँघ धादिङको संयोजनमा होटल व्यवसायी तथा सम्बन्धित सरोकारवालाबिच बालश्रम विरुद्ध अन्तरक्रिया गरी बालश्रममुक्त बनाउन सबै सरोकारवालाहरुबाट प्रतिबद्धता लिने कार्य थालनी गरिएको छ ।
बिशालटारस्थित गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलिया(बिबेक)को अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष टापबहादुर श्रेष्ठ, जिल्ला होटल संघका अध्यक्ष रामशरण सिलवालको बिशेष आतिथ्यता तथा होटल तथा रेष्टुरेन्ट व्यवसायी,नेपाल प्रहरीका प्रतिनिधि,वडाध्यक्षहरु तथा सरोकारवालाहरु लगाएतको उपस्थितिमा बालश्रम विरुद्ध अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
बालबालिका बिषयका बिज्ञ दामोदर अर्यालले सहजिकरण गर्नु भएको कार्यक्रममा बालमैत्री स्थानीय शासन अबलम्बन तथा घोषणाको पुर्व बालश्रम मुक्त गाउँपालिका घोषणा गर्नु पर्ने, हरेक व्यवसायमा बालश्रम मुक्त गर्न आवश्यक भएकोले सम्बन्धित सरोकारवालाहरुको ठुलो भुमिका हुने तथा बालश्रमले बालबालिकामा पर्न सक्ने शारिरिक, मानशिक, बौद्विक र संबेगात्मक असरको र बालश्रम प्रयोग गरेमा ब्यबसायीले भोग्नु पर्ने कानुनी प्रावधानहरु, बाल अधिकार,बाल संरक्षण ,बालश्रम निवारण सम्बन्धि १० बर्षे गुरुयोजना बालश्रम मुक्त पालिका बनाउन गाउँपालिका,नागरिक समाज, नेपाल प्रहरी स्थानीय प्रतिनिधि,होटल तथा रेष्टुरेन्ट व्यवसायीहरु, संचारकर्मी र घरपरिवारको काम कर्तव्य र जिम्मेवार बारेमा जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा सहभागी व्यवसायीहरु मलेखु देखि मौवाखोलासम्म रहेको होटल तथा रेष्टुरेन्ट व्यवसायीहरुमा बालश्रमिक प्रयोग नगर्ने र हुनु नदिने प्रतिबद्धता जनाएको र बालश्रम प्रयोग हुन नदिन सबै होटलहरुमा अनुगमन समेत गर्ने होटल संघका अध्यक्ष रामशरण सिलवालले बताउनुभयो ।
ब्यबसायीहरुले आफ्नो ब्यबसायमा बालश्रम प्रयोग नगरि बालश्रम मुक्त ब्यबसाय संचालन गर्ने प्रतिबद्वता ब्यक्त गरेका कार्यक्रममा महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख पुजा खनालले जानकारी दिनुभयो ।
अन्तरक्रिया कार्यक्रममा वडा नं ९ का वडाध्यक्ष देबि बहादुर खड्का,होटल व्यवसायी महासँघ केन्द्रिय सदस्य सन्तोष कु थापा, हरिशरण पाण्डे तथा जिल्ला होटल संघ धादिङ्गका पदाधिकारि तथा सदस्यहरु र हाईवे उद्धार समितिका अध्यक्ष राज कुमार ठकुरि लगायत वेनिघाटरोराङ गाउँपालिकाको सबै १० वडाका होटेल व्यवसायीहरुको उपस्थिति थियो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |