

धादिङ,३२ जेठ।
धादिङको गजुरी गाउँपालिका वडा नं.२ स्थित तुदीखोलामा पक्की पुलको शिलान्यास गरिएको छ।
बिहिबार प्रतिनिधि सभा धादिङ क्षेत्र नं.१ का सांसद तथा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले पुलको शिलान्यास गर्नुभएको हो ।
पुल शिलान्यास पश्चात कार्यक्रमलाई सम्बोधन गर्दै सांसद पाण्डेले पुल बनेपछि धेरै समस्याको समाधान हुने बताउनुभयो । स्थानीय जनताको जीवनस्तरमा परिवर्तन ल्याउन पनि यस पुलले ठूलो भूमिका खेल्ने उहाँको भनाई थियो ।
पुल शिलान्यास कार्यक्रममा गजुरी गाउँपालिका पूर्व उपाध्यक्ष डा.सीता ढुङ्गाना, बेनिघाट रोराङ गाउँपालिका उपाध्यक्ष टाप बहादुर श्रेष्ठ, सिद्धलेक गाउँपालिका उपाध्यक्ष सविता अर्याल, जिल्ला भुमि आयोग अध्यक्ष कृष्णप्रसाद अर्याल, साविक गजुरी गाविस अध्यक्ष शुक्ल उप्रेती, २ नं वडाका पूर्व वडाध्यक्ष चुडामणी कँडेल लगायत स्थानीयको उपस्थिति रहेको थियोे।
४ करोड ४४ लाख ९६ हजार ३८३ लागतमा बन्ने उक्त पुल आगामी २०८१ असार ५ गतेसम्ममा निर्माण सम्पन्न गरिसक्नुपर्ने गजुरी गाउँपालिका वडा नं.२ का वडाध्यक्ष द्रोण कँडेलले जानकारी दिनुभयो ।
उक्त पुलका लागि सांसद पाण्डे बागमती प्रदेशको मुख्यमन्त्री हुँदा बजेट बिनियोजन गर्नुभएको वडाध्यक्ष कँडेलले बताउनुभयो । प्रादेशिक सडक डिभिजन कार्यालय धादिङले पुल निर्माणको जिम्मा भरतपुरको भद्रकाली निर्माण सेवालाई दिएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |