

धादिङ,१० असार।
धादिङको बेनिघाट रोराङ गाउँपालिका ९ मझिमटारबाट ठुलो परिमाणमा अबैध लागुऔषध गाँजासहित एकजना भारतीय नागरिक पक्राउ परेका छन्।
शनिबार काठमाडौँबाट भारततर्फ जाँदै गरेको HR 3 U 3431 नं को डिब्बा कन्टेनरलाई रोकी चेकजाँच गर्दा ६१३ किलो ७१० ग्राम लागुऔषध गाँजासहित भारतको विहार मोतिहारी जिल्ला नगदाहग्राम बस्ने २७ बर्षिय राजिब तिवारी भन्ने राहल तिवारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी(डिएसपी) सन्तुलाल प्रसाद जैसवारले जानकारी दिनुभयो।

पक्राउ परेका तिवारीलाई आज आईतबार जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

लागुऔषध तस्करहरुले मकवानपुर र धादिङको दक्षिणी बेल्टतिर अबैध रुपमा उत्पादन तथा सञ्चय गरेको गाँजाहरु ईन्डियन ट्रकमा लुकाई छिपाई लैजान लागेको भन्ने बिशेष सूचनाको आधारमा मझिमटार चेक पोष्टमा उक्त डिब्बा कन्टेनरलाई चेकजाँच गर्दा चालकको सिट भन्दा माथि फल्स बटम बनाई लुकाएको अवस्थामा फेला परेको सूचना अधिकारी जैसवारले बताउनुभयो ।

पक्राउ परेका तिवारीलाई सोधुपुछ गर्दा उक्त गाँजा भारतको मोतिहारी लैजान लागेको बताएका र यस कार्यमा संलग्न अन्य अभियुक्तहरुको खोजतलाससँगै अनुसन्धान भईरहेको सूचना अधिकारी जैसवारले बताउनुभयो ।
यसैगरी शनिबार नै धादिङ गजुरी गाउँपालिका वडा नं ६ आदमघाटबाट २ किलो ५०० ग्राम गाँजासहित गल्छी गाउँपालिका वडा नं ४ बस्ने २५ बर्षिय शंकर मिजार पक्राउ परेका छन् ।
आदमघाटमा शंकास्पद रुपमा बोरा बोकी हिँडिरहेको अवस्थामा चेकजाँच गर्दा उक्त गाँजा फेला पारि पक्राउ गरिएको प्रहरीले जनाएको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |