

धादिङ,१० असार।
उत्तरी धादिङको रुवी भ्याली गाउँपालिकामा गाउँसभाको क्रममा झडप भएको छ।
गाउँपालिकाको कार्यालय सेर्तुङमा आज सुरु भएको १३औं गाउँसभाको अधिवेशनको क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुले विद्यालयमा पढाइरहेका शिक्षकलाई स्रोतव्यक्ति नियुक्त गरेको भन्दै विरोध गरेपछी विवाद हुँदा झडप र तोडफोड भएको गाउँसभामा सहभागी एक जनप्रितिनिधिले बताए ।
त्यस क्रममा उनीहरुले गाउँसभा भइरहेको मञ्चमा तोडफोड गरेका थिए । त्यसपछि भएको झडपका क्रममा गाउँपालिका अध्यक्ष रामसिंह तामाङसहित केही जनप्रतिनिधि सामान्य घाइते भएका छन् ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीले स्थिति नियन्त्रणमा लिएपछि गाउँसभा पुनः सुरु भएको छ ।
अहिले गाउँपालिका अध्यक्ष रामसिंह तामाङले आगामी आर्थिक बर्ष २०८०/०८१ को निति कार्यक्रम प्रस्तुत गरेपछि उपाध्यक्ष फे लामा तामाङले बजेट प्रस्तुत गरिरहेका छन्।
हेर्नुहोस् भिडियो :





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |