

धादिङ,१४ असार ।
धादिङमा करिब १० महिनाको अवधिमा लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा ६३ जना पक्राउ परेका छन्।
चालु आर्थिक वर्ष २०७९/०८० मा २०७९ साउन १ देखी २०८० असार १० गतेसम्म लागुऔषध कारोबारमा संलग्न ६३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी(डिएसपी) सन्तुलाल प्रसाद जैसवारले जानकारी दिनुभयो।
लागुऔषध तर्फ प्रहरीले २ सय ५ किलो ९ सय ६० ग्राम चरेश, १ हजार २ सय ५७ किलो ५ सय ९४ ग्राम गाँजा, ट्रामाडोल २ सय ८० ट्याव्लेट, नाईट्राभेट ३५ ट्याव्लेट, ओनेरेक्स २ बोत्तल र पोल्याण्ड २० ग्राम बरामद गरिएको डिएसपी जैसवारले जानकारी दिनुभयो।
यस्तै जिल्लाका बिभिन्न स्थानमा गरी करिब ८१ रोपनीमा लगाईएको गाँजा र २ सय १५ रोपनीमा लगाईएको अफिम खेती फडानी समेत गरिएको जैसवारले बताउनुभयो ।
गत शनिबारमात्रै बेनिघाट रोराङ गाउँपालिका ९ मझिमटारस्थित काठमाडौँबाट भारततर्फ जाँदै गरेको डिब्बा कन्टेनरबाट ६१३ किलो ७१० ग्राम लागुऔषध गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ परेका थिए ।
लागुऔषध कारोबारीहरुले धादिङ जिल्लामा पर्ने पृथ्वीराजमार्ग र त्रिभुवन राजपथलाई पछिल्लो समय लागुऔषध ओसारपसारको मुख्य नाकाको रुपमा प्रयोग गर्दै आइरहेका छन्।
प्रहरीले राजमार्गबाट हप्ताजसो लागुऔषध बरामद गर्दै आइरहेको छ।
पृथ्वी राजमार्गलाई मुख्य ट्रान्जिट बनाउँदै अवैध लागुऔषध चरेश तथा गाँजाको ओसारपसार बढ्दै गएको प्रहरीकोे तथ्याङ्क देखाएको छ। लागुऔषध कारोबार बढिरहे पनि मुख्य कारोबारी उम्कने र भरिया मात्र समातिने गरेका छन्।
तस्विरःशनिबार धादिङको बेनिघाट रोराङ गाउँपालिका ९ मझिमटारबाट ६१३ किलो ७१० ग्राम लागुऔषध गाँजासहित पक्राउ परेका भारतको २७ बर्षिय राजिब तिवारी भन्ने राहल तिवारी





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |