

पेट्रोलियम पदार्थको मूल्य घटेको छ।नेपाल आयल निमगले सोमवार राति १२ बजेदेखि लागू हुने गरी डिजल, पेट्रोल र मट्टीतेल तथा हवाई इन्धनको मूल्य घटाएको हो ।
निगम सञ्चालक समितिले देशको भौगोलिक क्षेत्रलाई तीन वर्गमा विभाजन गरी मूल्य समायोजन गरिएको जनाएको छ । डिजल, पेट्रोल र मट्टीतेलको मूल्यमा प्रतिलिटर पहिलो वर्गमा सात रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा छ रुपैयाँ र तेस्रो वर्गमा पाँच रुपैयाँले मूल्य घटाइएको छ।
पहिलो वर्गका क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर एक सय ६७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका क्षेत्रमा एक सय ६९ र तेस्रो वर्गका क्षेत्रमा एक सय ७० रुपैयाँ तोकिएको छ । यसअघि पेट्रोलको मूल्य देशभर प्रतिलिटर एक सय ७५ रुपैयाँ थियो ।
यस्तै डिजल र मट्टीतेलको मूल्य पहिलो वर्गका क्षेत्रमा एक सय ४७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका क्षेत्रमा एक सय ४९ र तेस्रो वर्गका क्षेत्रमा एक सय ५० रुपैयाँ निर्धारण गरिएको निगमले जनाएको छ ।
निगमले चारआली, विराटनगर, जनकपुर, वीरगञ्ज, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज र धनगढीलाई पहिलो, सुर्खेत र दाङलाई दोस्रो तथा काठमाण्डौ, पोखरा र दिपायललाई तेस्रो वर्गमा राखेको छ ।
निगमले हवाई इन्धन (आन्तरिकतर्फ) प्रतिलिटर १४ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर एक सय १५ अमेरिकी डलरले मूल्य घटाएको छ । खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखिएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |